काठ्माण्डौ: नेपाली सिरिजहरुको भिडमा अर्को नयाँ सिरिजको सुरुवात भएको छ, युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर आलु जस्तो लभ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । काठमाण्डौंको बानेश्वर थापागाँउमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकले स्वीकार्ने विश्वास व्यक्त गरेका थिए ।‘सिरिजमा सबै कलाकार युवा र नव प्रतिभा छन ,सिरिजको कथावस्तु अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु । यो मेरो लागि चुनौती र अवसर दुवै हो,’ धिमालले भने ।सिरिजको मुख्य भूमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्तेल,राजिव धिमाल कृष्णप्रसाद धिताल ,सविना गहतराज रोजिना गौतम लगायतको अभिनय रहेको छ ।
विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नमराज घिमिरे र प्रवेश राईले गरेका छन् भने विजय राज भुर्तेलको सम्पादन रहेको सिरिजमा मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ ।
‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक
