मानव बेचबिखन बिरुद्द पशुपतिनगरमा चेतनामुलक कार्यक्रम

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १

फिक्कल: इलामको सूर्योदय नगरपालिका २ पशुपतिनगरमा मानव बेचबिखन बिरुदद्धको १६ औ राष्ट्रिय दिवस बिभिन्न कार्यक्रम गरी सोमबार मनाईएको छ । मानव बेचबिखनको ट्रान्जिट प्वाईन्टका रुपमा रहेको सीमावर्ती पशुपतिनगरमा स्थानीयलाई सजग गराउने उद्देश्यले दिवसको अवसरमा कार्यक्रम गरीएको हो ।
तीनै तहको सरकार , मानव बेचबिखन बिरुद्धको सरोकार भन्ने मुल नाराका साथ कार्यक्रम गरीएको छ ।
सूर्योदय नगरपालिका महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा, माईती नेपाल पशुपतिनगर र शक्ति समुहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको अवसरमा पशुपतिनगर बजारमा मानव बेचबिखन बिरुद्धका नारा र प्लेकार्ड सहित ¥याली सम्पन्न गरिएको थियो । ¥याली पछि पशुपतिनगर भन्सार कार्यालयमा आयोजित कार्यक्रममा सरोकारवालाले मानवबेचबिखन बिरुद्ध एक भएर अगाडी बढ्नु पर्ने प्रतिवद्धता जनाएका छन् ।
सूर्योदय नगरपालिका महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा प्र्रमुख तारा शेर्पाको अध्यक्षता तथा सूर्योदय नगरपालिका सामाजिक बिकास समितिका संयोजक डिक बम्जनको प्रमुख आतिथयतामा सम्पन्न कार्यक्रममा , वडा नम्बर ३ का वडाध्यक्ष लोक बहादुर प्रधान, सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राई , माईती नेपाल पशुपतिनगरका होम ढकाल , शक्ति समुहका प्रतिनिधि, स्थानीय प्रहरी प्रशासन लगायतको सहभागीता रहेको थियो ।
वडा नम्बर २ र ३ का वडाबासी , बिद्यार्थी , शिक्षक गरी २५० बढीको सहभागीता रहेको कार्यक्रममा मानव बेचबिखन बिरुद्धका चेतनामुलक गीत समेत प्रस्तुत गरिएको थियो ।
माईती नेपाल र शक्ति समुहले मानव बेचबिखन बिरुद्धका बिभिन्न कार्यक्रम यस क्षेत्रमा गर्दै आएका छन । सूर्योदय नगरपालिका महिला बालबालिका तथा जेष्ठ नगरिक शाखाले समेत मानव बेचबिखन बिरुद्धका कार्यक्रममा सक्रिय रुपमा सघघाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.