सरकारको जिम्बेवारी बहन गर्दै इलामका समाजसेवी डम्बर खड्का

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन राजनीति

गोबिन्द पौडेल:

नगरिकको जीउधनको सुरक्षा र नागरिप्रति सामाजिक उत्तरदायी सरकार बन्नुपर्ने भएपनि अधावमा इलामका एक समाजसेबीले सरकारको जिम्बेवारी पूरा गरिरहेका छन् ।मुलुकमा हसने प्राकृतिक प्रकोप होस वा बिकासकाम सरकार ले जिम्बेवार िपूरा नगरिरहदा इलामका एक समाजसेबी डम्बर खड्का भने आम समस्गा ग्रस्त स्थानमा पुगेर सहयोग गर्न सधै सक्रिय रहेका छन् ।
बिपतको बेला सरकारले आम नागरिकहरुको हितमा काम गर्नुको सट्टा भ्रस्टचारमा चुलुम्म डुबेर नागरिकहरुलाइ ऐठन पारिरहेको समाचारहरु बारंबार प्रकासन भइरहदा निमार्ण ब्यवसायी सहेत रहेका इलामका काग्रेस नेता डम्बर खड्का भने जहा नागरिहहरुलाइ असजिलो परेको छ आफ्नै सम्पती खर्च गरेर असजिलोको गाठो फुकाउन निरन्तर लागेको पाइन्छ ।
गत कर्षको कोभिड प्रकोपमा खान नपाएका आम नागरिकहरुलाई रासनपानीको ब्यवस्था गरेर मात्र हैन यसपालीको महामारीको बेलामा राजधानीमा रहेर इलाम फकर्एन नसकेको नागरिकहरुको लागि १२ बटा हायस ब्यवस्था गरि करिव २ सय इलामे नागरिकहरुलाइ सहज रुपमा इलाम ल्याइदिएर ठूलो गुन लगाएका छन् ।
त्यती मात्रै हैन २०७२ सालको महाभुकम्पमा खाध्यसामाग्रीहरु ,लताकपडा र स्वास्थय कमीहरुको टोलिनै लिएर दोलखा सम्म पुगेका खड्काले केही समय अघिमात्रै ताप्लेजुङ्ग सम्म पसगेर सहयोग गरेका थिएभने आगो दन्किरहदा उनकै निदेशनमा आफ्नै स्काइभेटरको प्रयोगबाट दजनौ घरहरु आगालागिको जोखिमबाट पनि बचेको थियो ।
जिल्लामा आपत बिपत परेको , दिर्घ रोगी , असाहयलाइ सहयोग गरेको संख्या त अनगिन्ति रहेका छन बिकास निमार्ण र साामाजिक काममा पनि त्यतिकै सहयोग गरेर डम्बले सरकारको दायित्व नै पूरा गरेका छन् । इलामको र्दुगम कतिपय स्थानमा मोटरबाटो बनाइदिने गरेका उनले निजी लगानमिा नै इलाम सदरमुकाममा रहेको चर्चित धार्मिक पर्यटकिय स्थल सिहबाहिनि मन्दिरमा पित्तलको छाना लगाएका मात्र हैन जिल्लाका बिभिन्न मन्दिर निमार्ण धातुका मुर्तिदान गुम्बा र चर्चहरुको लागि पनि उत्तिकै सहयोग गरेका छन् ।
खेलकुद बिकासका लागि बिभिन्न स्थानमा खेल पुरस्कार , बिद्यालयमा खेल सामाग्रीहरु ख्ेलमैदानका लागि समेत रहयोग गरेका छन । इलामका खेल प्रतिभालाइ प्रोत्साहन गर्न सार्कखेलहरुमा स्वर्ण, रजत र कास्य पदक बेजेता खेलाडीहरुलाइ क्रमस २५ हजार २० हजार र १५ हजारको पुरसकार समेत बितरण गरेको इलाकका शिव थापाले बताए भने दर्ननौ बिद्यालयका वालबालिकाहरुको लागि खेल सामाग्रीको अतिरिक्त पोशाक र शैक्षिक सामाग्रीहरु समेत बितरण गरिसकेका छन ।
पैसाको लागि उच्च ओहोदामा रहेका मानिसहरुले मरिहत्ते गरेको समाचार दिनहुँ जसो आइरहदा तपाइ चाहि किन निजी पैसा समेत खर्च गरिरहन ुहुन्छ त भन्ने जिज्ञासामा समाजसेबी खड्का भन्नुहुन्छ ‘म ब्यवसायबाट केही पैसा कमाउछु दैनिक जीवन चलिरहेको तर म गाउँघर र समाजमा आम नागरिकहरुको अभाव देख्छु, सुन्छु अहिले उनिहरुको खाचो मैले टारीसिदन सके भने भोलीलाई चाहिने पैसा त भोलीनै कमाइएला नि !’

Leave a Reply

Your email address will not be published.