प्रदेश सभापतीमा गोपाल चौहान निर्वाचित

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

इलाम : नेपाली काङ्ग्रेस ईलामको १४ औं महाधिवेशनबाट प्रदेश सभा २ ९क० को सभापती पदमा गोपाल चौहान निर्वाचित हुनुभएको छ । उहाँ २२९ मत सहित बिजयी बन्नु भएको हो । आज बिहान सम्पन्न मत परिणाम अनुसार उहाँका निकटतम प्रतिष्पर्दी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गर्नु भएको छ । अध्यक्ष पदका चारजना प्रतिपर्दीमध्ये श्यामकुमार श्रेष्ठले ९८ र माधव बस्नेतले ८० मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै उपसभापती पदमा विष्णु सुब्बा र मनकुमार गुरुङ बिजयी बन्नु भएको छ । उहाँहरुले क्रमश २४४ र २३५ मत प्राप्त गर्नु भएको छ । उहाँहरुका प्रतिष्पर्दी कमलमणी खनालले १३१, सुतिता श्रेष्ठ कर्माचार्यले १२४, शिवराज घिमिरेले १११ र शोभावती खत्री कार्कीले १०३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सचिवमा श्री बिष्ठ र दिपेश खत्री बिजयी हुनुभएको छ । उहाँहरुले क्रमश २६७ र २२४ मत प्राप्त गर्नुभएको छ । उहाँहरुका प्रतिष्पर्दी गजेन सुब्बाले १४५, बिनोद न्यौपानेले १३१, मोहन पराजुली ११४ र सन्तोष राईले ८० मत प्राप्त गर्नुभएको छ । सह सचिव पदमा राजेन्द्र पौडेल ९रिकि० र सूर्यबहादुर कार्की जिनयी हुनु भएको छ । उहाँहरुले समेत क्रमश २७० र २५६ मत प्राप्त गर्नु भएको छ । इलाम नगरपालिका वडा नम्बर एकको नेपालटारमा अधिवेशन भएको हो ।

Leave a Reply

Your email address will not be published.