गायक रगुन गुरुङको‘दशैंको जमरा’ गीत सार्वजनिक

प्रदेश नं. १ प्रदेश संस्करण

इलाम: विदेशिएका युवाहरुको भावनालाई समेटेर गायक रगुन गुरुङले ‘दशैंको जमरा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

जय भण्डारीको शब्द र रविन जोयको एरेन्जमा तयार भएको गीतको भिडियो पनि तयार भएको छ । बसन्त वाम्बुले राईको निर्देशनमा तयार भएको भिडियोमा परदेशीएका नेपाली युवाहरुको भावना र पीडालाई मार्मिक रुपमा देखाइएको छ ।

जिएम नेपालको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोका कलाकारहरुको मेकअपमा महेश सिग्देलले सहयोग गरेका छन भने अनपम राईले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् ।

बसन्त र सबनमलगायतका कलाकारहरुले अभिनय गरेको भिडियोको पोष्ट प्रोडक्सनको जिम्मेवारी जिएम प्रडक्सनले निर्वाह गरेको छ । भिडियोको उत्पादनका लागि रस्मी, रोहन र रचना गुरुङले सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.