इलामको माईपोखरीमा एकादशी मेला शुरु ( माईपोखरीको महत्व सहित)

Hot News Special News Trending कला संस्कृति पर्यटन समाज

सन्दकपुरःरामसार क्षेत्रमा सुचिकृत इलामको माईपोखरीमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ एकादशी मेला शुरु भएको छ । सन्दकपुर गाउँपालिका १ र ३ मा रहेको माईपोखरी क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनका लागि आज देखि तीन दिन सम्म मेला लाग्ने छ । आज सन्दकपुर गाउँपालिका अध्यक्ष उदय बहादुर राईले मेलाको उद्घाटन गर्नु भए पनि मेला शुरु हुने छ । मेलामा धार्मीक क्षेत्र माईपोखरीको दर्शन , बिभिन्न खेल , मनोरञ्जन, पर्यटकीय स्थलको भ्रमण र बिभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।
मेलाकै अवसरमा विभिन्न जातजातिको संस्कृति तथा भेषभुषाको प्रद्र्धशनी , वडास्तरीय खुल्ला महिला फुटबल प्रतियोगिता र ४० वर्षमाथिको पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । स्थानीयस्तरमा उत्पादन भएका खाध्यबालीहरुबाट उत्पादनबाट बनेका परिकार, दुग्धपदार्थका सामग्री मेलामा पुग्ने भक्तजनहरुले चाख्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनु भयो । गाउँपालिकाले एकादशि मेलाकै अवसरमा कात्तिक २२ गते सार्वजनीक विदा समेत दिएको छ । मेला भब्य रुपमा सम्पन्न गर्न बिभिन्न समिति बनाएर काम भैरहेको आयोजक समितिका सदस्य दिनेश ढकालले बताउनु भयो ।

माईपोखरीको महत्व
सदरमुकाम इलामबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरीएपछि माइपोखरीले विश्वव्यापी पहिचान बनाएको हो ।
साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिएपनि वलिप्रथा भने निषेध छ । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।
माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आरधना गर्दा जल उत्पन्न गरिएको किम्बदन्ति पाइन्छ । किम्बदन्तिअनुसार पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराहरुले सधै सफा गर्ने, पञ्चेबाजा, संखघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योती निस्कने र लोप हुने गरेको कथन छ । सिंगो इलामको सास्कृतिक सभ्यताको प्रतिबिम्भ माईपोखरी आउने पर्यटकलाई स्थानीय परिकारको मिठो स्वादमा रमाउँदै आरामदायी बसाईका लागि पोखरी आसपासमा सुविधासम्पन्न होस्टे र होटल संचालनमा छन् ।
नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ र लोउन्मुखनै उभयचर ठकठके लगायत रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको सुमधुर आवाजबाट पोखरी पुग्ने पर्यटकले स्वर्गीय आनन्द लिने गरेका छन् ।
२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको अवलोकन गर्ने असंख्य पर्यटक वर्षेनी आउने गरेका छन् । माईपोखरीको दर्शनपछि तीन किलोमिटर उत्तरको यात्रा गर्दा पुगिन्छ देउराली बजार । सन्दकपुर गाउँपालिकाको केन्द्रिय कार्यालय रहेको देउराली बजार क्षेत्र सहिद भुमिका नामले समेत परिचत छ । मेला आयोजनाले माइपोखरीको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीले बताइन् । माईपोखरी नेपालको एक सय पर्यटकीयस्थलमा सुचिकृत भएपछि यसको पर्यटकीय महत्व झनै बढेको उपाध्यक्ष पराजुलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.