इलाम, भदौ इलाममा नया प्रमुखजिल्ला अधिकारी आउने भएका छन् । गृह मन्त्रालयले इलामका हालका प्रजिअ श्रवणकुमार तिमल्सिनालाई काभ्रेपलाञ्चोक पठाएको छ भने इलममा धनकुटाका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीलाई इलाममा सरुवा पठाउने भएको हो ।
मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार सरुवा गरेको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई काभ्रेपलाञ्चोकको कायम मुकायम प्रजिअ बनाएर सरुवा गरिएको हो ।