माइभ्याली गोल्डकपः मच्छिन्द्र फाइनलमा

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन

इलामः सहिद स्मारक ए डिभिजन लिग बिजेता मच्छिन्द्र क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा पुगेको छ ।
बुधबार इलामको ठूलो टुडीखेलमा सम्पन्न पहिलो सेमी फाइनल खेलमा भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङलाई ३–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो । खेल अवधि भरी मच्छिन्द्रले दार्जिलिङलाई दबावमा राखेको थियो ।
मच्छिन्द्र क्लबका रेजिन सुब्बाल खेलको १९ औं मिनेटमा पहिलो गोल गरेका थिए । खेलको २१ औं मिनेटमा रजिन धिमालले प्रहार गरेको कर्नरमा मच्छिन्द्रका बिदेशी खेलाडी अडेलाजा सोमेडेले दोस्रो गोल गर्दै अग्रता दिलाएका थिए । ८७ औ मिनेटमा मच्छिन्द्रका रजिन सुब्बाले तेस्रो गोल गरेका थिए ।खेलको म्यान अफदि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ घोषीत भए । माईभ्यालीको छैटौं संस्करणबाट ४ वटै बिदेशी टिम बाहिरी सकेका छन् ।
बिहिबार आयोजक माईभ्यली फुटबल क्लब र त्रिभुवन आर्मी बिच दोस्रो सेमी फाईनल खेल हुँने छ । फाल्गुन २४ गते सम्म संचालन हुँने गोल्डकपको विजेताले ८ लाख र उप बिजेताले ५ लाख रुपियाँ प्राप्त गर्ने छ ।

Leave a Reply

Your email address will not be published.