भारतले किन्न छाड्यो नेपाली अदुवा, स्थानीय बजारमै दैनिक २५ टन खपत

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस

काठमाडौं : गत वर्षभन्दा सस्तो भएपछि नेपाली अदुवाको खपत स्थानीय बजारमै बढ्न थालेको छ।अदुवा लगाउने समय भएकाले बिउका लागि किसानहरुले ठूलो परिमाणमा अदुवा खरिद गर्न थालेका छन्। केही व्यवसायीहरुले सस्तोमा अदुवा किनेर सुकाएर सुठो बनाउन थालेपछि स्थानीय बजारमा यसबो खपत बढ्न हुन थालेको हो।


प्रतिकेजी २५ देखि ४० रुपैयाँ हाराहारी मूल्यमा बिउ पाइने भएपछि किसानले व्यवसायिकरूपमा अदुवा लगाउन थालेको निर्यात व्यवसायी संजिव शाहीले बताए । गत वर्ष यही समयमा किसानले बिउ अदुवा एक मन ९४० केजी० को तीनदेखि चार हजार रुपैयाँमा खरिद गरेका थिए। अहिले किसानले अदुवा १६ सय प्रतिमनमा पाएपछि खरिद बढाएका छन्।

गत वर्ष भारतमा निर्यात हुँदा स्थानीय बजारमा अदुवा महंगिएको थियो। नेपाली बजारमा यसको मूल्य प्रतिकेजी १ सय २० रुपैयाँ पुगेको थियो। अहिले सस्तो भएकाले बिउ अदुवाको खपत बढेको शाहीले बताए। सस्तोमा बिउ पाउँदा किसान अदुवा खेतीतर्फ आकर्षित बनेका कारण नेपाली अदुवाले यही राम्रो बजार पाएको हो। सोही कारण पहिले दुई सय गाडी अदुवा उत्पादन हुने ठाउँमा अहिले एक सय गाडी बिउमै गएको छ।

यतिबेला पाँचथर र इलामको अदुवा काठमाडौं, पोखरा, भिमान, नारायणगढ, लहान, ढल्केवर, बुटवल लगायतका बजारसम्म पुगिरहेको छ। पहिलेभन्दा माग बढ्न थालेकाले दैनिक २० देखि २५ टन अदुवा खपत भइरहेको व्यवसायीहरुको भनाइ छ। यसैले भारतमा निर्यात नभए पनि उत्पादन भएर बजारमा आएको सबै अदुवा स्थानीय बजारमा बिक्री भइरहेको व्यवसायीहरु बताउँछन्। यसअघि व्यवसायीहरुले किसानबाट खरिद गरी भारतमा प्रतिकेजी २५ रुपैयाँमा निर्यात गर्दै आएका थिए।

हाल उक्त अदुवा स्थानीय बजारमा नै प्रतिकेजी ४० रुपैयाँमा बिक्री गरिरहेको शाहीले बताए। नेपालबाट लगातार निर्यात हुँदा स्थानीय भाउ बढ्दै जान्छ। महंगोका कारण उपभोक्ताले पनि कम परिमाणमा खरिद गर्थे। स्थानीय बजारमा अदुवाको खपत धेरै नहुँदा निर्यात बढी हुने गरेको थियो।

निर्यात तीन महिनादेखि बन्द


करिब तीन महिनायता भारतबाट अदुवाको माग नआएको शाहीले बताए। अहिले भारतको बैंग्लोरमा व्यवसायिकरूपमा अदुवाको उत्पादन हुन थालेको छ। भारतमै गुणस्तरीय उत्पादन सुरु भएकाले पनि नेपाली अदुवाको माग घट्दा नेपालबाट अदुवाको निर्यात क्रमिक रुपमा घट्दै गएको छ।

तीन वर्ष अघिसम्म वर्षमा १७ सय गाडी अदुवा निर्यात हुने गरेको थियो। निर्यात घट्दै आएको भएपनि गत वर्षसम्म करिब एक हजार गाडी अदुवाको निर्यात भएको थियो। तर चालु आर्थिक वर्षमा साढे दुई सय गाडीमात्र अदुवा निर्यात भएको व्यवसायीहरुले बताए । भारतले नेपालबाट आयात गर्ने अदुवा प्रशोधन, ब्नान्डिङ तथा प्याकेजिङमार्फत मूल्य अभिवृद्धि गरि खाडी मुलुकसम्म निर्यात गर्ने गरेको थियो ।

अफसिजन सुरु भएपछि स्थानीय बजारमा पनि अदुवाको थोक तथा खुद्रा मूल्य गत महिनाभन्दा बढ्न थालेको छ। भारतमा निकासी नहुँदा गत फागुनमा इलाममै प्रतिकेजी २५ रुपैयाँमा मूल्य भएको अदुवा यति बेला प्रतिकेजी ५० रुपैयाँ पुग्न लागेको व्यवसायीले बताएका छन्। उक्त अदुवा कालीमाटी तरकारी बजारमा थोकमै प्रतिकेजी ८० रुपैयाँमा बिक्री भइरहेको छ। विजमाण्डुबाट

Leave a Reply

Your email address will not be published.