इलामको देउमाईका युवा लागुपदार्थ दुव्र्यशनी बिरुद्धको अभियानमा

घुमफीर जीवन शैली प्रदेश नं. १


इलाम: विगत लामो समयदेखि युवाहरुको भविष्य पथप्रर्दशनमा अहम भूमिका निर्वाह गर्दै आएको ‘देउमाई युथ’ ले आगामी चैत्र २८ गते शनिबार लाइभ कन्सर्ट आयोजना गरेको छ।

लागुओषध दुव्र्यशनी रोक्न र दुव्र्यशनीमा फसेका युवाहरुको पुर्नस्थापना गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम आयोजना गरेको देउमाई युथका अध्यक्ष तथा कार्यक्रम संयोजक दिपक श्रेष्ठले बताएका छन्।

देउमाई नगरपालिकामा अवस्थित भानुभक्त उच्च मा।बि।को प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख आकर्षणका रुपमा गायिका इन्दिरा जोशी, भ्वाइस अफ नेपालका विजेता राम लिम्बु र पव्लिक स्पिकर विजेता रमेश प्रसाई रहेको युथका सचिव ।डब्लु लोरीन्देन बताउछन्।
लागुओषध दुव्र्यशनीले देशका युवाको भविष्य अन्योल भएको र उचित व्यवस्थापनको कमिले समाजमा पुर्नस्थापना हुन कठिन भएकाले यस कार्यक्रम मार्फत जनचेतना र दुव्र्यसन न्यूनिकरणमा अहम भूमिका हुने प्रचार प्रसार प्रमुख विप्लव थापाले बताएका छन।
युवाहरुको सर्वाधिक चासो बनेको यस कार्यक्रमले देउमाई बासी र ईलाममा रौनक छाएको छ ।

Leave a Reply

Your email address will not be published.