उद्योग वणिज्य संघको चुनावमा सुरु भयो राजनीति

Special News Trending बिजनेस

नेकपा र कांग्रेस निकटका ब्यवसायिहरुको आ–आफ्नै प्यानलको उम्मेद्वारी घोषणा

टीका खतिवडा, इलाम

इलाम उद्योग वाणिज्य संघको आठौँ जिल्ला अधिवेशनका लागि नेतृत्व चयनमा पार्टीगत रुपमा प्यानल सहितको उम्मेद्वारी घोषणा गरिएको छ । नेकपा निकटका ब्यवसायी र नेपाली कांग्रेसका ब्यवसायी दुवै पक्षले आ–आफ्नै प्यानलको उम्मेद्वारी घोषणा गरेका हुन् । यस अघि प्यानलवाइज चुनाव लडेपनि पार्टीगत रुपमा हुने गरेको थिएन तर यस वर्षवाट वाणिज्य संघमा पनि पार्टीगत रुपमा प्यानल घोषणा गरिएको छ ।
नेकपाको तर्फबाट प्रगतिशिल तथा समावेशी ब्यवसायीहरुको साझा समूह भन्दै देवेन्द्र शंकरको अध्यक्षतामा पदाधिकारीहरुको घोषणा गरेको छ । त्यस्तै नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक इश्वर चिपालुको अध्यक्षतामा उद्योगी ब्यवसायीहरु उम्मेद्वारी घोषणा गरिएको छ ।
शंकरको अध्यक्षतामा सार्वजनिक गरिएको बरिष्ठ उपाध्यक्षमा भक्तबहादुर लुङ्गेली, वणिज्य उपाध्यक्षमा भगिरथ कट्टेल, उद्योग उपाध्यक्षमा प्रविण श्रेष्ठ र महिला उपाध्यक्षमा कमला बाँस्कोटाको उम्मेद्वारी घोषणा गरिएको छ । त्यस्तै महासचिव प्रकाश चापागाइँ, सचिव केशव खनाल र कोषाध्यक्ष दिब्या भट्टराईलाई उम्मेद्वार बनाइएको छ । खुल्ला सदस्यमा रेशम बराइली, लालबहादुर लिम्बू, नेत्रप्रसाद पोख्रेल, ठाकुरप्रसाद कट्टेल र चन्द्रबहादुर निरौला (मदन)लाई उठाइएको छ । महिला सदस्यहरुमा कौशिला राई, गंगा उप्रेती र रमादेवी थापा पराजुलीलाई उम्मेद्वार बनाइएको छ ।
चिपालुको नेतृत्वको समूहबाट वरिष्ट उपाध्यक्षमा कृष्ण पौडेल, प्रथम उपाध्यक्षमा दीपेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मदन श्रेष्ठ, महिला उपाध्यक्षमा अनुजा सुबेदी, महासचिवमा निर्माण हेमन्त गौतम, सचिवमा श्रीबहादुर विष्ट र कोषाध्यक्षमा सन्तोष भक्तराजले उम्मेदवारी दिने भएका छन् । त्यस्तै सदस्यहरूमा कर्णबहादुर साम्पाङ, देवी पौडेल, सुमन सुबेदी, बालकुमार श्रेष्ठ, सुमन दास, खिना बस्नेत, देवी निरौला र दिपा गुरुङले उम्मेद्वारी दिने वताइएको छ ।
नेकपा निकट प्यानलले ४२ बुदे घोषणापत्र जारी गर्दै प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ । उद्योगी र ब्यवसायीहरुको पक्षमा काम गर्ने साथै जिल्लामा ठुलो मात्रामा लगानी भित्रियाउन काम गर्ने अध्यक्ष पदका प्रत्यासी शंकरको भनाई छ । कृषिजन्य तथा पशुजन्य वस्तुहरुको उत्पादनलाई प्राथमिकतामा राखी उत्पादित वस्तुहरुको मुल्य श्रृङ्खला गर्न उत्पादकहरुलाई जोड दिइने लगायत घोषणा पत्रमा उल्लेख गरिएको छ ।
कांग्रेस निकटको प्यानलले समेत जिल्लमा रहेका कृषि, उद्योग धन्दा, पर्यटन, ब्यापार वाणिज्य जस्ता ब्यवसायीहरुलाई एक आपसमा समन्वय गराई जिल्लाको समग्र विकासमा समन्वय गर्ने अध्यक्ष पदका उम्मेद्वार चिपालुले वताए ।
सबै उम्मेद्वारहरू ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गरिरहेका र आगामी दिनमा उनीहरूबाट ब्यवसायी तथा इलामको ब्यापार ब्यवसायकै विकासमा काम गर्ने भएकाले यो समूहले अधिवेशनमार्पmत संघका सम्पूर्ण सदस्यहरूको साथ पाउने पनि उनको दावी छ ।
इलाम उद्योग वाणिज्य संघअन्तर्गतका एक हजार एकसय ६४, माई नगरपालिका शाखा अन्तर्गतका ७० र देऊमाई नगर शाखाअन्तर्गतका ५९ जना वाणिज्य संघमा आवद्ध ब्यवसायीहरु छन् । दुवैतर्फका ब्यवसायीहरुले आ–आफ्नै जित हुने दावी गरेका छन् ।
चिपालु बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन भने शंकर कोषाध्यक्ष हुन् । इलाम उद्योग वाणिज्य संघमा संस्थापक अध्यक्ष कुबेरप्रसाद वैद्यसहित हालसम्म सात जनाले नेतृत्व गरिसकेका छन् । अव वाणिज्य संघले नयाँ नेतृत्व चयन गर्ने छ । वाणिज्य संघको जिल्ला अधिवेशन आगामी बैशाख २८ गर्ते गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published.