बाणिज्य संघको निर्वाचनका लागि दुई प्यानलको मात्र उम्मेदवारी दर्ता, एकको उम्मेदवारी खारेज

Special News Trending बिजनेस

इलाम: भोली शनिबार हुने इलाम उद्योग वाणिज्य संघको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने काम सकिएको छ । निर्वाचनका लागि संघमा दुई पक्षबाट दुई प्यानलका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ । अन्य प्यानल वा स्वतन्त्रबाट कसैले उम्मेदवारी दर्ता नगराएको निर्वाचन समितिले जनाएको छ ।
यता प्रगतिशिल तथा समावेशी ब्यवसायीहरूको समूह भनिएको देवेन्द्र शङ्करको प्यानलका एकजना सदस्यको उम्मेदवारी रद्द भएको छ । खुल्ला सदस्यका उम्मेदवार रहेका देऊमाई नगरपालिका ३ का लालबहादुर लिम्बुको उम्मेदवारी रद्द भएको हो ।

उनको ब्यवसाय इलाम उद्योग वाणिज्य संघमा दर्ता नभएको पाइएकोले उम्मेदवारी रद्द गरिएको जनाइएको छ । यो सँगै जम्मा सदस्य सङ्ख्या आठ मध्ये प्रगतिशील पक्षका उम्मेदवारको सङ्ख्या सात मात्र भएको छ । प्रगतिशील समूहकै अर्का एक उम्मेदवारको पनि दाबीबिरोध परेको निर्वाचन समितिले जनाएको छ ।

सदस्यकै उम्मेदवार माई नपा ७ का चन्द्रबहादुर निरौला ९मदन०को उम्मेदवारीमा पनि दाबी बिरोध परेको हो । यसबारे निर्णय भइनसकेको हुँदा उनको उम्मेदवारी के हुन्छ भन्ने यकिन भइसकेको छैन । प्रजातान्त्रिक पक्षका ईश्वर चिपालुको नेतृत्वको प्यानलका कुनै उम्मेदवारको दाबीबिरोध वा रद्द भएको छैन ।

Leave a Reply

Your email address will not be published.