‘गुञ्जीयो कन्याम’

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली पर्यटन प्रदेश नं. १ प्रमोसन मनोरञन

प्रेम अधिकारीपशुपतिनगर(इलाम):

कन्याम शनिबार बिहानै देखि खुलेको थियो । कन्यामको चिया बगानबाट हिमालका मनोरम दृश्य आँखै अगाडी देखिन्थे । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई बिहानै कन्याम पुग्नु भयो । कन्यामको पार्क लामो समय देखि सुनसान थियो । पार्कमा सबै लेउ पलाई सकेको छ । नगर प्रमुख राईले कन्याममा छरपसट प्लाष्टिक र बोतल टिप्न भ्याउनु भयो । कोरोना भाईरस(कोभिड १९)को संक्रमण पछि गतसालको फागुन देखि कन्यामको पर्यटन ब्यवसाय थला परेको छ । कन्याममा पर्यटक आउन नपाए पछि झाडी जस्तै भएको छ । कोरोना संक्रमण पछि कन्यामका होटल , घोडचडी र ठेला ब्यवसाय ठप्प छ ।
नगरपालिकाले संबिधान दिवसको अवसरमा पर्यटकीय स्थल कन्याममा खुल्ला म्याराथन प्रतियोगीता आयोजना गरेको छ । नगरपालिकाले थला परेको पर्यटन ब्यवसायलाई उठाउन कन्याममै कार्यक्रम आयोजना गरेको जनाएको छ । बन्दाबन्दीमा थलीएका सयौ स्थानीय दौडमा सहभागी भए । स्थानीय गायक रगुन गुरुङले कन्यामको पर्यटन ब्यवसाय चाडै उठ्ने आशा ब्यक्त गर्नु भयो । उहाले भन्नु भयो ‘ बन्दाबन्दीले घर भित्र गुम्सीएका स्थानीय लामो समय पछि कन्याममा यसरी देखियो ।’


नगर प्रमुख राईले प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदयको कन्याम बिशेष पर्यटकीय क्षेत्र भएकाले त्यहि कार्यक्रम गरिएको बताउनु भयो । उहाले भन्नु भर्यो थला परेको पर्यटन क्षेत्रलाई उजागर गर्न हामी लागि पछौ ।’नगर प्रमुख राईले कोरोनाको त्रास जारी नै रहेका कारण आंशिक रुपमा केहि खुकुलो भए पनि सुरक्षा अपनाएर पर्यटन ब्यवसायमा लाग्न ब्यवसायीलाई आग्रह गर्नु भयो । शनिबार बिहानै भेला भएका नगरबासीले कन्यामका डाडाँकाडामा धेरै पछि तस्विर लिन पाए । स्थानीय संगै नगरका कर्मचारी पनि रमाए । उक्त अवसरमा संबिधान सभाका सदस्य सूर्यवाला राईले तीनै तहका सरकारलेसंबिधान कार्यान्वयनमा लाग्नु पर्ने पर्ने बताउनु भयो ।
सूर्योदय नगरपालिकाको कन्याममा चिया बगानमा रमाउन, बिभिन्न जातजातीको पहिरनमा सजिएर तस्विर लिन , टि टेष्टिङ गर्न र घोडचडी गर्न पर्यटक आउने गरेका थिए । ६ महिना लामो बन्दाबन्दीले यहाँका होटल ब्यवसायी समेत करोडौं घाटा ब्यर्होनु परेको बताउछन् । होटल ब्यवसायी टेकराज गिरी बन्दाबन्दीका कारण पर्यटक आउने मुख्य सिजनमा पनि हात बाधेर बस्नु परेको बताउनु हुन्छ । कन्याममा बाह्ै महिना स्वदेशी तथा बिदेशी पर्यटकको भिड लाग्ने गरेकोमा अहिले सुनसान अवस्थामा कन्याम छ ।
नगरपालिकाले कन्याममा पर्यटकलाई थप आर्कषित गर्न कन्याममा सडक फराकिलो पार्ने , पर्यटन पार्क निर्माण लगायतका काम गरिरहेको छ । नगर प्रमुख राईका अनुसार चाडै कन्याम क्षेत्रको ७० किलो मिटर दुरीमा पर्यटकका लागि साईकिलङ सर्किट निर्माणको तयारी थालेको छ । नगर प्रमुख राईले कोरोनाको संक्रमण हटेको ३ महिनामै कन्यामको पर्यटन पुरानै अस्थामा फर्कने बिश्वास ब्यक्त गर्नु भयो । ‘यहाँ पर्यटक आउन नपाएर छटपटाई रहेको अवस्था छ, छिट्टै यहाँको पर्यटन उठनेमा हामी ढुक्क छौ ’ नगर प्रमुख राईले भन्नु भयो ।


बन्दाबन्दी खेले पछि ६ महिना पछि अन्तु डाँडाका पर्यटन ब्यवसायी पनि जुर्मुराउन थालेका छन । अन्तुका होटल तथा कटेजहरुमा पाहुँना राख्न थालिए पनि होमस्टे भने आउदो ९ गतेबाट खुल्ला गरिने अन्तुका होमस्टे ब्यवसायी रुद्र घिमिरेले बताउनु भयो र्। अव थाम्न सक्ने अवस्था छैन, यहाँको ब्यवसाय नै पर्यटन हो , सुरक्षा अपनाएर खोल्न बाध्य छौ ’ घिमिरेले भन्नु भयो । अन्तुमा झुल्के घाम हेर्न र डुंगा सयर गर्न पर्यटकको बाह्ै महिना घुइृचो लाग्ने गरेको छ ।
कोरोना संक्रमण पछि इलामको कन्याम , अन्तु , गुफापाताल सन्दकपुर डाँडा , इलाम बजार , माईपोखरी , तुम्लीङ, टङ्लु , पानीटार , कुईभीर , गुफापाताल लगायतका क्षेत्र सुनसान अवस्थामा छन ् । बन्दाबन्दीका कारण यी क्षेत्रका ब्यवसायीले होटल ब्यवसायीले करोडौं रुपियाँ घाटा भएको बताएका छन । इलाममा संचालित १ सय ९० वटा साना होटल, २ सय वटा मझौला र ६० वटा ठूला होटलमा गरी मासिक १९ लाख ८६ लाखका दरले बन्दाबन्दीको ७ महिनाको अवधिमा १३ करोड ८६ लाख रुपियाँ बढी घाटा ब्यर्होनु परेको होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवि पौडेलले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.