बिश्वमै दुर्लभ चरा ‘हङरायो’ इलाममा भेटीयो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ मनोरञन

फिलक्कल: बिश्वमै दुर्लभ अवस्थामा रहेको चरा ‘हङरायो’ इलाममा भेटीएको छ । झापाका चरा खोजकर्ता देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा उक्त फेला पार्नु भएको हो । खरेलले एक जोडी भाले ‘हङरायो’ फेला पर्नु भएको छ ।
धनेश समूहभित्र पर्ने हङरायो सुन्दर पंक्षी रहेको खरेलले जानकारी दिनु भयो । नेपालीमा हङरायो नामले चिनिने उक्त पंक्षीको वैज्ञानिक नाम रुफस नेक्ड हर्नबिल हो । चरा बिज्ञका अनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा देखिएको थिएन । पहिले यसको अस्थित्व हुँदा पनि फोटोग्राफी प्रमाण थिएन । डेढ सय वर्षयताकै यो पहिलो रेकर्ड रहेको खरेलले दावी गर्नु भएको छ । पहिले पहिले उक्त चरा नेपालमा भए पनि प्रविधिको पहुँच नपुग्दा क्यामेरामा कैद हुँन नसकेको जनाईएको छ ।
इलामको सूर्योदय नगरपालिका १ को सिमधाम भन्ने ठाउँको एक सय मिटरमा यो चरा भेटीए पछि उक्त क्षेत्रमा अन्य प्रजातीका चरा पनि फेला पार्न सकिने अनुमान गरिएको छ । हर्कटे कन्याम लगायतका क्षेत्रमा समेत केहि समय अघि दुर्लभ चरा फेला पार्नु भएका खरेलले आफनो शोख नै चरा खोज्ने भएको बताउनु भयो ।
खरेलले यस अघि नेपालका लागि दुर्लभ चरा हरित परेवा भेटेर रेकर्ड राख्नु भएको थियो । सुन्दर देखिने उक्त चरा चुच्चो देखि पुच्छर सम्म लम्बाइको ४ फिटसम्म हुने गरेको छ । खरेलले भन्नु भयो ‘धेरै पटकको प्रयासमा फेला पारेको हुँ यी क्षेत्रमा अन्य चरा पनि भेटेने संभावना छ ।’

तस्विर सौजन्य देवेन खरेल

Leave a Reply

Your email address will not be published.