२०७५ सालका सर्वाधिक दश गीत

Hot News कला संस्कृति मनोरञन

२०७५ सालमा रजतपटमा ९४ ओटा फिल्महरु प्रदर्शनमा आए भने २ फिल्महरु प्रदर्शन हुन बाँकी रहेका छन् । फिल्ममा गीत कथावस्तुलाई पुष्टि गर्न र कथालाई मजबुत बनाउन राख्ने गरिन्छ । निरन्तर पट्यार लाग्दो सिन बाट एकैछिन भनेपनि दर्शकको लागि गीतले छुटकारा दिन्छ । फिल्म प्रचारको गतिलो हतियार बन्ने गरेको छ गीत ।

नेपाली फिल्मका गीतहरुमा लोकलय, फ्युजन संगति प्रयोग गर्ने ट्रेण्ड नै बनिसकेको छ । यसो त लिरिकल भिडियो पनि सार्वजानिक हुँदै आएको छ । दोहोरी गीत त नेपाली संगीतकै पुरानो शैली हो । यसबाट फिल्मी संगीत पनि अछुतो छैन । आज हामीले २०७५ साल भित्र प्रदर्शनमा आएका फिल्महरुमा समावेश गरिएका युट्युबमा करोड झ्युज भएका सर्वाधिक रुचाईएका गीतहरु अर्थात् करोड क्लबको गीतहरुको चर्चा गर्दैछौँ ।

गोजीमा दाम छैन
कात्तिक १६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘चङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन’ वोलको गीतलाई चार करोड तेह्र लाख पटक भन्दा बढी हेरिएको छ । यस गीतमा हरीहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको संगीत रहेको छ भने स्वरमा राजनराजलाई मेलिना राईले साथ दिएकी छिन् ।

पहिलो नम्बरमा
असोज २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा–३’मा समावेश ‘पहिलो नम्बरमा’ वोलको गीतलाई तीन करोड पचपन्न लाख पटक भन्दा बढी हेरिएको छ । गीतमा राजेज्द्र थापाकोे शब्द, दीपक शर्माको संगीत छ भने डेविड शंकर र विन्दु परियारको आवाज रहेको छ ।

फुल होइन
भदौ २२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोज’मा समावेश ‘फुल होइन’ वोलको गीतलाई दुई करोड अन्ठाउन्न लाख पटक भन्दा बढी हेरिएको छ । गीतमा  राजेश​ कुमार श्रेष्ठकोे शब्द, एलिश कार्कीको संगीत छ भने प्रताप दास र प्रविशा अधिकारीको आवाज रहेको छ ।

बनकी चरी
प्रसाद फिल्ममा समावेश ‘वन्की चरी’ वोलको गीतलाई एक करोड अठहत्तर लाख पटक भन्दा बढी हेरिएको छ । गीतमा बी पाण्डेको शब्द, सुवास भुषालको संगीत छ भने रुपक डोटेल र अञ्जु पन्तको आवाज रहेको छ ।

सीओडब्ल्यु काउ
वैशाख १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा समावेश ‘सीओडब्ल्यु काउ’ वोलको गीतलाई एक करोड चौहत्तर लाख पटक भन्दा बढी हेरिएको छ । लोक लयको यस गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ भने स्वरमा राजनराजलाई मेलिना राईले साथ दिएकी छिन् ।

उम्लियो भने पोखिन्छ
असोज ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जय भोले’मा समावेश ‘उम्लियो भने पोखिन्छ’ वोलको गीतलाई एक करोड सन्ताउन्न लाख पटक भन्दा बढी हेरिएको छ । यस गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ भने स्वरमा राजनराजलाई मेलिना राईले साथ दिएकी छिन् ।

उडायो हावाले
असोज ५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा समावेश ‘उडायो हावाले’ वोलको गीतलाई एक करोड चौउन्न लाख पटक भन्दा बढी हेरिएको छ । गीतमा हर्कुलस वस्नेतकोे शब्द र संगीत रहेका छ भने स्वरमा हर्कुलसलाई निकिता थापाले साथ दिएकी छिन् ।

लै लै …
मंसिर २१ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’मा समावेश दुई गीतहरु करोड क्लबमा पुग्न सफल भएका छन् । ‘प्रसाद‘ समावेश ‘लै लै….’ वोलको गीतलाई एक करोड तीस लाख पटक भन्दा बढी हेरिएको छ । गीतमा गणेश शाही शब्द, सुवास भुषालको संगीत छ भने केतन क्षेत्रीको आवाज रहेको छ ।

चेप्टे चेप्टे पेरुङ्गो
वैशाख १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘ह्याप्पी डेज’मा समावेश ‘चेप्टे चेप्टे पेरुङ्गो’ वोलको गीतलाई एक करोड सत्ताइस लाख पटक भन्दा बढी हेरिएको छ । लोक लयको यस गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ भने स्वरमा राजनराजलाई अञ्जु पन्तले साथ दिएकी छिन् ।

रहर छ सँगै
फागुन १७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’मा समावेश ‘रहर छ सँगै’ वोलको गीतलाई एक करोड दुई लाख पटक भन्दा बढी हेरिएको छ । यस गीतमा अर्जुन पोखरेलको संगीत तथा दिग्गज धौरालीको शब्द सुन्न सकिन्छ । गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् ।

यो पनि पढ्नुहोस् : तीन समीक्षकका नजरमा वर्षका पाँच फिल्म

फिल्मी फण्डा । फिल्मको बारेमा चिरफार गर्ने फिल्मी डाक्टर हुन् फिल्म समीक्षक । २०७५ सालमा ९६ ओटा फिल्म प्रदर्शन हुँदा सफल फिल्म भने औँलामा गन्न सकिने मात्र छन् । फिल्मका सिद्धान्त पुरा गरेका फिल्महरु दर्शकको रोजाइमा नपर्न सक्छ भने फिल्मको सिद्धान्त नपछ्याएको फिल्म पनि दर्शकको रोजाइमा पर्छन् । यसर्थ समीक्षकको नजरमा राम्रो फिल्म दर्शकले नरुचाउन सक्छन् । हामीले वर्षमा तीन समीक्षका नजरमा वर्षका पाँच फिल्महरु प्रस्तुत गर्दैछौँ ।

सामिप्यराज तिमल्सिना – फिल्म समिक्षक
१. बुलबुल
बुलबुल सरल कथामा स्तरिय प्रस्तुतीमा बनेको फिल्म हो । हामीले जसरी फिल्मलाई बुझिरहेका छौँ त्यो पर्सेप्सन चाँही चेन्ज गर्छ ।

२. साइँली
वैदेशीक रोजगारको कथामा धेरै फिल्महरु बनिरहेका छन् ती सबैमा पुरुष प्रधान थियो । साइँली क्यारेक्टरको हिसाबले आँफै मिलिरहेको जस्तो लाग्छ । महिलाको प्रस्तुतिबाट कथामा परिवर्तन गर्न खोजेको छ । फरक खालको कथावाचन साइँलीमा रहेको छ ।

३. हरी
नेपालका वास्तविक कथामा खासै फिल्महरु बनेका छैनन् । जनराको हिसाबले हरी नयाँ एटेम्ड थियो र त्यो नयाँ एटेम्ड माथि डिरेक्टरको कन्ट्रोल देखिन्छ । कथावस्तु नयाँ नभए पनि प्रस्तुतीको हिसाबले नयाँ प्रयोग गर्न खोजेको देखिन्छ ।

४. रोमियो एण्ड मुना
निर्देशकीय पक्ष राम्रो छ । सामान्य कथामा बनेको फिल्म हो यो । सामान्य कथालाई इमोसनल लेभलमा ट्रिट गरेको छ सराहनीय कुरा हो । जुन लेयरहरु क्यारेक्टमा क्रेट गर्दै आकर्षक डङ्गले प्रस्तुती गरेको छ । त्यहि नै राम्रो पक्ष हो ।

५. चक्कर
चक्कर क्राइम फिलर फिल्म हो । एकै व्यक्तिले ५/७ ओटा रोल खेलेका छन् । थ्रीलर जनराको फिल्म हो यो । थ्रीलर मज्जाले मेन्टेन भएको छ । कम लागतमा राम्रो प्रस्तुती चक्करमा छ ।

गोकर्ण गौतम – फिल्म समिक्षक
१. बुलबुल
कथा, पात्र र कथ्य शैलीले बुलबुललाई शसक्त बनायो । लयात्मक खिचाइ, चुस्त सम्पादन र दृश्यभावअनुसारको पाश्र्व संगीत अनि स्वस्तिमा खड्का र मुकुन भुषालको जीवन्त अभिनय उत्तिकै तारिफयोग्य छ । नेपाली फिल्मको मौलिक पहिचान निर्माण अभियानमा बुलबुल कोशेढुङ्गा बन्न सक्छ ।

२. हरि
आफ्नो पहिचानको संकटमा दमित पात्रको छटपटीमा केन्द्रित छ, हरि । यथार्थवाद र विसंगत कथावाचनले यसलाई सम्झनालायक बनाएको छ । पात्रहरुको मनोवैज्ञानिक उल्झनलाई प्रधानता दिनु निर्देशकीय पक्ष राम्रो रहेको छ । नेपाली दृश्यभाषा समृद्ध बनाउन हरिको उल्लेखनीय योगदान रहनेमा सन्देह छैन ।

३. साइँली
साइँलीको कथा, पात्र, उनीहरुको बोलीचाली, भावभंगीमा, परिवेश समेत रैथाने छ । अप्रत्यक्ष रुपमा फिल्मले गाउँले महिलामा बढ्दो आत्मविश्वास र सशक्तीकरणलाई प्रतिविम्बित गरेको छ । हास्यरस भएकोले फिल्म हेरिरहँदा झर्को लाग्दैन ।

४. प्रसाद
पात्र र उनीहरुको आम दर्शकको भोगाइसँग अपनत्व हुनु प्रसादको प्रमुख विशेषता हो । जातीय छुवाछूत, वर्गीय असमानता र महिला हिंसालाई पनि उनिएको छ । विपिन कार्की र नम्रता श्रेष्ठको जोडी झर्रो लाग्छ ।

५. रोमियो एण्ड मुना
रोमियो एण्ड मुनाले पर्दामा देखाइने प्रेम दर्शकसम्म प्रवाह गर्छ । पात्रहरुको आनीबानी आफ्नै परिवेशबाट टिपिएको छ । नेपाली फिल्ममा सम्भवतः पहिलो पटक कम्पुटर जेनेरेटेड इम्याजिनरी (सीजीआई) यहि फिल्ममा देख्न पाइन्छ ।

शिव मुखिया – फिल्म समिक्षक
१. बुलबुल
आवरणमा कुनै टेम्पो चालक महिलाको कथा जस्तै लागेपनि यो एक नारी कुण्ठाको मर्मस्पर्शी भाषा थियो । आवरणमा देखिने कथाभन्दा मानविय भित्री तहलाई निर्देशकले बुलबुलमा देखाउने प्रयास गरेको र फिल्मको रचनामा निकै ध्यान पुर्याएको देखिन्छ ।

२. प्रसाद
सानो फ्रेम, सीमित पात्र, मर्मस्पशी कथा र रहरलाग्दो सिनेम्याटिक भाषा । यो फिल्मलाई निर्देशक दिनेश राउतले निकै बान्की मिलाएर बनाए । फिल्ममा नम्रता श्रेष्ठ र विपिन कार्कीको अभिनय पनि बेजोड रहेको थियो ।

३. साँइली
हुन त यो फिल्म ‘चालिस कटेसी रमाउँला’ गीतको लोकप्रियतालाई क्यास गर्ने मनोविज्ञानबाट प्रेरित छ । जे भएपनि यसको ट्रिटमेन्ट सही छ । मनोरञ्जनात्मक छ । सामयिक विषय छ । यो फिल्मलाई रामबाबुको मात्र होइन दयाहाङ राईको पनि फिल्म भन्नुपर्ने हुन्छ । उनकै बलबूतोमा फिल्मको ढाँचा राम्रो देखिएको छ ।

४. हरि
नेपाली फिल्मका लागि हरि एक प्रयोग थियो । बजारबाट निर्देशित नभई निर्देशकले यत्तिका फिल्म बनाउने जुन हिम्मत गरे, त्यो तारिफयोग्य पक्ष थियो । यो प्रयोग, विम्बका हिसाबले उत्कृष्ट फिल्म थियो ।

५. इन्टु मिन्टु लन्डनमा
फिल्मको कथा त्यती दमदार होइन । चलनचल्तीकै कथा हो, प्रेमको । तर, यो फिल्म मनोरञ्जनको पूर्ण डोज हो । स–सना कुरामा पनि निकै ध्यान दिएर बनाइएको यो फिल्म व्यवसायिक रुपले पनि राम्रो मानियो ।

यो पनि पढ्नुहोस् : दीपक–दिपा र रोहितको नयाँ फिल्म ‘छ माया छपक्कै’

फिल्मी फण्डा । दीपकराज गिरी समूहसंग मिलेर रोहित अशिकारीले फिल्म ‘छ माया छपक्कै’ निर्माण गर्ने भएका छन । नाफाको ५०–५० को भागभण्डामा पुर्ण लागत खर्च रोहित अधिकारीले गर्ने गरी फिल्म निर्माण गर्न लागिएको हो । सोमवार फिल्मको नाम चलचित्र बिकास वोर्डमा दर्ता गरेका छन । हाल फिल्मका टिमले गीत संगीत र स्क्रिप्टको काम गरिरहेका छन ।

स्क्रिप्टका लागि दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, अभिमन्यु निरभी लगायतका टिम पोखरामा रहेका छन् । कमेडी कथामा नै निर्माण हुने फिल्ममा कथा र निर्देशन दीपेन्द्र लामाको हुनेछ । फिल्मको छायांकन हरी हुमागाँईले गर्नेछन् । प्रतिक्षित भनिएको फिल्म बैशाखबाट छायांकनमा जानेछ भने ७६ सालको दशैंलाई लक्षित गरि प्रदर्शनको तयारि रहेको निर्माण युनिटले जनाएको छ ।

फिल्ममा दिपकराज, गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्वि तामाङ्ग, दिपा श्री निरौला सहित अन्य कलाकारहरुको अभिनय रहनेछ । रोहित अधिकारी फिल्मसको ब्यानरमा फिल्म निर्माण हुनेछ । यसका सहकार्य आमा सरस्वती मुभिजले गर्न लागिएको हो । फिल्मको नायिकाको लागि टिमले खोजि गरिरहेका छन् । यसको जिम्मेवारी भने दिपकराज गिरीले लिएका छन् ।
फिल्मी फण्डा 

Leave a Reply

Your email address will not be published.