फिक्कल मा.वि.का पूर्व बिद्यार्थी संगठीत, अध्यक्षमा दिपेन्द्र राई

Mukya Samachar

फिक्कल:
इलामको सूर्योदय नगरपालिका फिक्कलमा रहेको फिक्कल नमुना माध्यमिक बिद्यालयमा दिपेन्द्र राईको अध्यक्षतामा पूर्व बिद्यार्थी मञ्च गठन गरिएको छ । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्ष स्नेहा राई ,कोषाध्यक्ष दिनेश महत, सचिबमा लक्ष्मी दाहाल, सहसचिबमा बिक्रम श्रेष्ठ र सदस्यहरुमा रुद्रमणी सुबेदी मानबीर लाप्चा,मातृका दाहाल,सोनाम योल्मो,महेन्द्र श्रेष्ठ,क्षितिज गड्तौला,प्रकाश ढकाल ,सिता फागो रहेका छन् । बिद्यालय १ सय बर्ष पुगेको अवसरमा स्र्वण जयन्ती मनाउने तयारी भैरदा पूर्व बिद्यार्थीहरु संगठीत भएका हुँन । नव गठित समितिका अध्यक्ष राईले ‘ २०५९ साल पछि आज आफु पढेको बिद्यालय पुग्दा त्यो बेला र अहिलेमा धेरै भिन्नता पाए, बिद्यालय हेर्दा निजी बिद्यालय भन्दा कम छैन ।’ पूर्व बिद्यार्थी संगठीत गरी बिद्यालयको चौर्तफी बिकासमा सहयोग गर्ने राईले बताउनु भयो । उहाले बिद्यालयमा शौचालय , पीउने पानी जस्ता कुराको अभाव देखिएको बताउनु भयो । अध्यक्ष राईले पूर्व बिद्यार्थी मध्येका उमेरले पाका ब्यक्तिलाई सम्मान लगायतका कार्यक्रम गरिने बताउनु भयो । उहाले पढ्न बाट कोही बिद्यार्थी बञ्चित नहोस भनेर मञ्चले कोष संचालन गरिने बताउनु भयो ।
सोही भेलाले सोनाम योल्मोको सँयोजकत्वमा ३ सदस्य बिधान मस्यौता समिति र पत्रकार दिनेश महतको सँयोजकत्वमा प्रचार समिति समेत गठन गरेको छ । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गंगा महत लगायतको सहभागीता रहेको थियो । हाल नमुना बिद्यालयको रुपमा फिक्कल माबि घोषणा भएको छ । बिद्यालयले उत्पादन गरेका पूर्व बिद्यार्थीहरुले बिभिन्न क्षेत्रमा देशका बिभिन्न क्षेत्रमा नेतृत्वदायी भूमीका खेल्दै आएका छन । श्री स्वामी स्वरे स्वरानन्दको पहलमा बि.स.१९७३ मा बिद्यालयको स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published.