इलाम नगरपालिकाकी उप मेयर आक्रोसमा,मेयरको कार्यकक्षमा ताला लगाउँने चेतावनी

Mukya Samachar Special News Trending राजनीति

इलाम: इलाम नगरपालिकाकि उपप्रमुख शुशीला नेम्बाङले आफ्नोे अधिकार प्रयोग गर्न नपाए मेयरको कोठामा ताला लगाउने बताएकि छिन । उनले मेयर महेश बस्नेतले आफ्नो अधिकार हस्तक्षेप गरेको आरोप लगाउँदैससक्त आन्दोलन गर्ने चेतावनी दिएकि हुन । शुक्रबार न्यायिक समितिको सचिवालयमा पत्रकार सम्मेलन गरि आन्दोलन गर्ने घोषण गरेकि हुन । प्रमुखले एकल र तानाशाही शैली अपनाएको भन्दै उपप्रमुख नेम्बाङले विगत ६ महिनादेखि नै आफूले कार्यपालिका बैठक बहिस्कार गरि मौन रुपमा आन्दोलन गर्दै आएको र अब मेयरको ध्यान आकर्षण नभए प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने बताइन ।
नेम्बाङले भनिन स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समिति उपप्रमुखको संयोजकत्वमा गठन हुने व्यवस्था भएकोमा त्यसलाई परिवर्तन गरी मेयर बस्नेत र तत्कालीन प्रमुख प्रशासकिय अधिकृत महेन्द्र खाम्याहाङले इलाम नगरपालिका इलामको योजना तथा बजेट तर्जुमा नियमावली, २०७४ निर्माण गर्दा उपमेयरमा निहित उक्त अधिकार आफूमा लिएको आरोप छ । नगरको उक्त नियमावलीमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक प्रमुखलाई तोकिएको छ तर स्थानीय शासन संचालन ऐन र संवैधानिक व्यवस्था विपरित मेयर बस्नेतले उपप्रमुखको अधिकार खोसेको उपप्रमुख नेम्बाङको भनाई छ ।
एउटै पार्टिबाट सँगै चुनाव जितेर आएर अहिले नगरपालिकामा शरणार्थी भएर बस्न बाध्य बनाउने मेयर बस्नेतको तानाशाहि प्रवृतिको भएको विज्ञप्तीमा उल्लेख छ । नगरपालिकाको बैठकमा प्रमुख बस्नेतले जे पेस गर्छन त्यहि पास गर्ने प्रवृति रहेको र आफूहरु चाहि भत्ताका लागि गएजस्तो मात्र भएकाले बैठक बहिस्कार गरेको आरोप लगाइन । यस्तो प्रवृति मैले कहि कतै पाएको थिइन इलाम नगरपालिकामा यस्तो छ । उनले भनिन अरुलाई न्याय दिलाउने ठाउँमा रहेर म आफै अन्यायमा परेकी छु । गतसाल जनतालाई देखाउनका लागि मात्र गतसाल आफूले बजेट बाचन गरेको सुनाउँदै उनले अब आफ्नो संयोजकत्वमा बजेट तर्जुमा नभए ससक्त आन्दोलन गर्ने घोषणा गरिन ।
मेयर बस्नेतले एकाधिकार प्रयोग गरि पहँुच हुने व्यक्तिलाई मात्र कार्यक्रम दिएको र पहँुच नहुनेलाई नदिएको भन्दै जनताको सम्पत्ति व्यक्तिगत जस्तो गरि प्रयोग गरीएको आरोप लगाइन । न्यायिक समितिमा उजुरी प्रशासक र अभिलेख प्रशासक हुनुपर्ने व्यवस्था रहेको छ । उक्त समितिका सदस्य रहेका दुई जना वडाध्यक्षहरु माधव भट्टराई र श्यामकृष्ण घिमिरेले कार्यव्यस्तता जनाउँदै राजिनामा दिएका छन ।
प्रमुख बस्नेत र उपप्रमुख नेम्बाङबीच नगरको पहिलो बजेट तर्जुमा क्रममै खटपट चुलिएको थियो । उपमेयरले आफ्नो अधिकार कटौति भएको भन्दै प्रमुखलाई ठाडो रुपमा चुनौति दिएकि छिन । अहिले प्रमुख सँग बोलचाल नै नभएको अवस्थामा नगरले बजेट निर्माण र वडा स्तरमा योजना छनौटलाई अगाडि बढाएको छ । उपप्रमुखले आफ्नै वडामा समेत जानकारी नगराई योजना तर्जुमा गरिएको बताएकि छिन । सन्दकपुर अनलाईनबाट

Leave a Reply

Your email address will not be published.