सूर्योदय नगर क्षेत्रका थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ पुग्यो

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा आज (शुक्रबार) ७ जना नयाँ कोरोना संक्रमित थपीएका छन ।
नगरका बिभिन्न क्षेत्रमा संक्रमीत देखिएका ब्यक्तिको कन्ट्रयाक ट्रेसिङमा परेका थप ७ जना ब्यक्तिको पिसिआर रिर्पोट पोजेटीभ आएको हो ।

नगर क्षेत्रमा नगरका कर्मचारी , प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी, बैङकिङ क्षेत्रका कर्मचारी र सर्वसाधारण सहित गरी नगरमा थपीएका ७ सहित कोरोना संक्रमीतको संख्या ४४ जना पुगेको सूर्योदयन गरपालिकाका कोभिड १९ फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिनु भयो । अधिकारीका अनुसार संक्रमीतहरु होम आईसोलोसनमा नै रहेका छन ।

फिक्क्ल प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीमा समेत कोरोना देखिए पछि कार्यालयमा भिडभाड नर्गन सूचीत गरेको छ । फिक्क्ल प्राथमिक स्वास्थ्य केन्द्रका डा. सरोज दर्नालले अति आवश्यक काम परे मात्र स्वास्थ्य केन्द्र आउन सूचना जारी गर्दै अनुरोध गर्नु भएको छ ।
सूर्योदय नगरपालिकाका केहि कर्मचारी समेत कोरोना पोजेटिभ भए पछि अति आवश्यक काम पर्दा मात्रै कार्यालय आउन अनुरोध गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले अति आवश्यक काम परे नगरमा स्वास्थ्य सुरक्षा अपनाएर मात्र आउन आग्रह गर्नु भएको छ । नगरका हाट बजार भने संचालन भैरहेका छन् ।

Leave a Reply

Your email address will not be published.