सुखानीमा कछुवा संरक्षण, लक्ष्य पूरा गर्न जोड

Special News Trending पर्यटन प्रदेश नं. १ प्रमोसन


झापा: उभयचर जीव कछुवाको संरक्षण गर्न कछुवा संरक्षण अर्जुनधाराको पहिचान सहित लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको स्थानीय सरकार र सरोकारवाला पक्षहरुले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालकैँ पहिलो कछुवा संरक्षित क्षेत्रमा क्रियाशिल संस्था सुखानी शहीद स्मृति प्रतिष्ठानले अर्जुनधारा–११ सालबारीमा आायोजना गरेको कार्यक्रममा स्थानीय सरकार र सरोकारवाला पक्षहरुले त्यस्तो जोड दिएका हुन् । सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समिति अर्जुनधारा–११ सालबारीमा कछुवाको संरक्षण गरिदै आएको छ ।

पछिल्लो दिनमा कछुवाको संरक्षणमा चुनौती भन्दै गइरहेको बेला प्रभावकारी काम गर्न उदेश्यले प्रदेश सासद बृख प्रधान, अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, जिल्ला डिभिजन कार्यालयका प्रमुख विष्णु घिमिरे, मेची बहुमुखी क्याम्पसका प्राणीशास्त्र विभाग प्रमुख प्रा।डा।कमल खम्बू, प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराई, महासचिव हर्कध्वज राई, कछुवा संरक्षण सालबारीका प्रमुख टपिल राई, बरिष्ठ योजना अधिकृत हिमराज सेडाई, पशुपन्छी शाखा अधिकृत पदलाल राई लगायतले सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सासद प्रधानले नेपालको गौरव पहिलो संरक्षित क्षेत्र भएकाले स्थानीय सरकार, वन र राजनीतिक दल लगायत विभिन्न तह–तप्कामा बस्ने व्यक्तिहरुले बुझाउन जरुरी रहेको बताए । प्रदेश–१ सरकार पनि कछुवाको संरक्षण संवद्र्धन लागिरहेको त्यसका लागि बजेट विनियोजन पनि गरिरहेको उनले जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले नगरपालिकाले गर्न आवश्यक कामका लागि नीति विधि बनाएर कछुवाको संरक्षण गर्न कार्यमा आफू दृढ संकल्पित भएको बताए । उनले संसारबाट विलय हुन लागेँको कछुवाको संरक्षणप्रति संघ, प्रदेश सरकार र सबै स्थानीय तहहरुको पनि कर्तव्य र दायित्व रहेको विचार व्यक्त गरेँ । सालबारी सहिद पार्क पर्रपर्यटनको महत्वपूर्ण स्थान भएकाले त्यसको अनुगमन नियमन र संरक्षण संवद्र्धन गर्ने उनले घोषणा समेत गरेँ । पशुपन्छी सहित कछुवा व्यवस्थापनका लागि आगामी वर्षमा ठोस कार्यक्रम आउने उनले बताए ।

जिल्ला वन डिभिजन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले सालबारी पार्कको साझेदार संस्था आफूपनि रहेको बताउँदै प्राकृतिक श्रोत, साधन, वन्यजन्ती, जलाशयको संरक्षण संवद्र्धन गर्न कर्तव्य रहेको बताए । नेपाल सरकारले कछुवालाई संरक्षित सूचिमा नराखेँको हुनाले संघ, स्थानीय सरकार र प्रदेश सरकाले विशेष ध्यान दिनुपर्नेमा सुझाव घिमिरेले सुझाव दिए । त्यसले वातावरणीय महत्व र जैविक महत्वमा टेवा पुग्नेभएकाले नेपालका राज्यले सूचीकृत गरी लोपउन्मुख वनजन्तुको संरक्षण सबै जुट्न आहव्वान गरेँ । सहकार्य र सह–अस्तित्वमा सँगै अघि बढ्ने उनले प्रतिबद्धता समेत व्यक्त गरेँ ।

मेची बहुमुखी क्याम्पसका प्राणीशास्त्र विभाग प्रमुख प्रा।डा। केआर खम्बूले नेपालका नेपाल सरकारले पहेलो लाम्चे कछुवा मात्र संरक्षित गरेको छ, तराई क्षेत्र र चुरेको पर्वत क्षेत्रभित्र पहेलो लाम्चे कछुवा पाइएको जानकारी दिए । पहाडी खोले कछुवा नेपालको अर्जुनधारामा पर्ने टाङटिङ नदी मात्र पाइने भएकाले त्यसको संरक्षणमा स्थानीय सरकार जुटेकाले उदाहरणीय काम भएको औल्याए । कछुवा विज्ञ समेत रहेका राईले नगरपालिकाको पहिचान प्रजाति भएकाले त्यसको दिगो व्यवस्थापका लागि सालबारी उद्यान पार्कमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

सुखानी सहिद प्रतिष्ठानका केन्द्रिय महासचिव हर्कध्वज राईले पहिचानको रुपमा राष्टिय तथा अन्तराष्टिय क्षेत्रमा पहिचान गर्नका लागि अर्जुनधारा नगरपालिका नेपालकैँ पहिलो कछुवा संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने बताए । कछुवा अनुसान्ध क्षेत्रलाई व्यवस्थित गर्नका लागि अर्जुनधारा नगरपालिका सँग प्रस्ताव अघि बढेँको र सौन्दातिक सहमति जुटेको खुलासा गरेँ ।

प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईका अनुसार कछुवाको संरक्षण गर्दा मानव समुदायको संरक्षण त्यसले वातावरणमा समेत सकरात्मक प्रभाव पर्छ त्यसैले केन्द्रित हुनुको विकल्प नरहेको बताए । कछुवा संरक्षण सालबारीका प्रमुख टपिल राईले नेपालमा १८ किसिमका कछुवा पाइएतापनि १० किसिमका कछुवा अत्यन्तै दुर्लभ रहेको जानकारी दिएका थिए ।

हरेक वर्ष मे २३ तारेखमा विश्व कछुवा दिवस मनाउने गरिएको छ । कछुवा दिवसको अवसरमा सासद प्रधान, नगर प्रमुख राना, प्रतिष्ठानका उपाध्यक्ष भट्टराई, डिभिजन प्रमुख घिमिरेले हुर्केका कछुवालाई पोखरीमा छाडेका थिए । लिटल एन्जल विद्यालयका शिक्षक र विद्यार्थीहरु समेत सहभागिता जनाएको कार्यक्रममा कछुवाको वृत्तचित्र प्रदशर्नी गरिएको थियो ।

हाल सो केन्द्रमा विदेशी ट्रेकिम्स स्त्रीप्टासहित स्वदेशमा पाइने लिसेमिस पुंकटाटा, इन्डोटेस्टुडो इलोङगाटा, पाङसुरा फ्ल्याभीभन्टर र साइक्लिम्स ओलधामी करिब पाँच प्रजातीका ४० वटा कछुवा रहेको बताइएको छ ।हाम्रा कुराबाट

Leave a Reply

Your email address will not be published.