गिट्ठाका भरमा चिया मजदुर,एक महिना आन्दोलनमै बित्यो

Special News Trending समाज

बिर्तामोड: चिया बगानमा ४० दिनदेखि मजदुर आन्दोलन छ । ऐन र नियमावलीअनुसार सुविधा माग गर्दै आफैंले थालेको अनिश्चितकालीन आन्दोलनका कारण बगान र कारखानामा कार्यरत श्रमिक भने समस्यामा पर्न थालेका छन् ।

आन्दोलन टुंगिने कुनै संकेत नदेखिँदा श्रमिकलाई छाक टार्नै मुस्किल पर्न थालेको छ । ुकाम गरेको पैसाले किनेको चामल सबै सकियो । अहिले एक छाक भात र एक छाक गिट्ठा खाएर बसिरहेका छौं,ु श्रमिक विप्ता मुण्डाले भने । तीन छोराछोरीसहित पाँच जनाको परिवार चिया बगानकै कमाइमा आश्रति छ । बगानमा काम गर्ने श्रमिकलाई अन्यत्र काम पाउन मुस्किल हुन्छ । ुअरूतिर हामीलाई कामै दिँदैनन्,ु उनले थपे, ुहप्ता थापेर घर चलाउनेलाई ४० दिनसम्म कामै नगरी खानलाई कुन आम्दानीले पुग्छ र रुु

कात्तिक उरावको परिवार पनि अभाव टार्न एक छाक गिट्ठा खाइरहेको छ । उराव र उनकी श्रीमती भद्रपुर नगरपालिका ७ स्थित बुधकरण चिया बगानका श्रमिक हुन् । बगान ४० दिनदेखि बन्द छ । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनको घरमा यतिबेला खानलाई चामल छैन । ुचामल सकिएर पेटभरि खाना खान पाएका छैनौं, छोरीहरूको भर्ना कसरी गर्ने,ु उनले भने ।

उरावका ४ जना छोरी छन् । सबै स्कुल जान्छन् । बोर्डिङ स्कुलमा नयाँ भर्ना लगभग बन्द भइसकेको छ । स्कुलबाट उनलाई मौखिक र लिखित रूपमा नयाँ भर्नाको शुल्क बुझाउन ताकेता आइरहेको छ । चिया श्रमिक श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको माग गर्दै चैत १७ देखि उनीहरूले आन्दोलन थालेका हुन् ।

बुधकरण चिया बगान नजिकैको कागली जंगलमा उसिनेर खान मिल्ने गिट्ठा पाइन्छ । चिया श्रमिक पछिल्लो १० दिनयता नियमित एक छाक ुगिट्ठाु खाएर पेट भरिरहेका छन् । ुनखाएर उपाय छैन, भात मात्रै खान चामलपनि छैन,ु कंग्रेस बानियाँले भने, ुधन्न जंगल नजिकै छ र गिट्ठा खान पाइरहेका छौं ।ु सरकारले गत साउनदेखिलागू हुने गरी श्रम ऐन राजपत्रमा प्रकाशित गरेको थियो ।

चिया उद्योगीले भने ऐन कार्यान्वयनमा अटेरी गर्दै आएका छन् । सरकारले ऐन कार्यान्वयनमा दबाब सिर्जना गर्न सकेको छैन । उक्त ऐन ९ महिनासम्म कार्यान्वयनमा नआएपछि श्रमिक अनिश्चितकालीन हडतालमा उत्रिएका हुन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएका श्रमिकको घरमा भने भोकमरीको समस्या देखिन थालेको छ । ुअब धेरै दिनसम्म काम नगरी बस्न सक्ने अवस्था छैन,ु दमकस्थित हिमालय महालक्ष्मी टी गार्डेनकी श्रमिक मीरा गजमेरले भनिन् ।

जसोतसो गुजारा
जसमिता खडियाँको ६ जनाको परिवार छ । दुई छोरा अपांगता भएका छन् । दुई छोराछोरी क्याम्पस पढ्छन् । ३९ दिनसम्म आफूले नियमित काम गर्ने बगानमा काम नखुलेपछि बुधबार उनी अलि परको साना किसानको चिया बगानमा काम गर्न गएकी थिइन् । ुएक दिन मात्र काम भयो,ु उनले भनिन्, ुत्यही एक दिन कमाइको पैसाले आज ९बिहीबार० तेल भुटन किनेर ल्याएँ ।ु लखन हेमरमको ५ जनाको परिवार छ ।

बगानमा काम बन्द रहेकाले उनी ८ किलोमिटर टाढा भद्रपुर बजार गएर घर बनाउने काम गर्न थालेका छन् । ुमिस्त्री काम पनि सधैं पाइँदैन, साथीभाइको सहयोगमा काम गरेर जसोतसो खर्च चलाइरहेको छु,ु उनले भने । मिस्त्री काममा जानुअघि ७ हजार ५ सय रुपैयाँमा एउटा खसी बेचेर घर खर्च चलाएको उनले सुनाए । खर्च अभावमा कक्षा २ मा अध्ययनरत कान्छी छोरीलाई नयाँ भर्ना गर्न नसकेको उनले बताए ।

सांग्रिला चिया बगानकी श्रमिक कमला माझीले गाउँमा ज्यालामजदुरी गरेर खर्च धानिरहेकी छन् । ुछिट्टै काम खुल्छ जस्तो लागेको थियो, काम गरेको पैसाले १५ दिनजति बसेर खान पुग्यो,ु उनले भनिन्, ुअहिले छोराछोरीलाई दुई छाक खाना खुवाउन धौधौ परिरहेको छ ।ु दमकको हिमालय महालक्ष्मी टी गार्डेनकी पूणिर्मा बराइलीले लामो बन्द भएकाले सधैं बाँकी खाने पसलले उधारो दिन छोडेको बताइन् । बजार नजिकै भएकाले लेबर काम गरेर खर्च जुटाइरहेको सुनाइन् ।

ट्रेड युनियन महासंघ ९जिफन्ट० का प्रदेश १ उपाध्यक्ष सन्तकुमार राईका अनुसार जिल्लामा करिब ३० हजार चिया श्रमिक छन् । उनीहरूमध्ये ९० प्रतिशत कमाएको दिन खाने छन् । ुएक सातासम्म काम गर्छन्, शुक्रबार हप्ता थापेपछि शनिबार हप्ताभरि पुग्ने गरी सौदा गर्छन्,ु राईले भने, ुकाम नगरी खान पुग्ने हैसियत कुनै श्रमिकको छैन ।

अधिकांश श्रमिक भूमिहीन, सुकुम्बासी, अति विपन्न र सीमान्तकृत समुदायका छन् । उनीहरूले बगानबाहेक अन्य सीप सिकेका छैनन् ।
अर्जुन राजवंशीले लेख्नु भएको समाचार कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.