‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयनमा सन्दकपुर गाउँपालिका

Special News Trending पर्यटन

३६३६ मिटर उचाईमा अवस्थित सन्दकपुरको भिडियो तीन विधामा मनोनयनमा

इलाम: ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन सार्वजनिक गरिएको छ ।

अर्वार्डको तीन बिधामा सन्दकपुर गाउँपलिका परेको छ । सन्दकपुर गाउँपालिका पब्लिक च्वाइस अवार्डको १० औं स्थानमा , बेस्ट स्क्रिप्ट राइटरको चौथो स्थानमा र मोस्ट पोटेन्सियल डेस्टिनेसनको चौथो स्थानमा परेको छ । पत्रकार सुजना तिम्सीनाको लेखन तथा निर्देशनमा बनेको भिडियो
उत्पादनमा , प्रेम अधिकारी, बासुदेव तिम्सीना , सन्दिप प्रधान निराजन खनाल र नमिन ढकाल लगायको टिम रहेको छ । मोस्ट इनर्जेटिक भिडियो मेकरमा बिजय राई द्धारा निर्मित इलामको सेती देवीको भिडियो मनोनयनमा परेको छ ।

वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि सुरु गरेको यस अभियानमा देश भरका प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने हाम्रा गाउँठाउँका प्राकृतिक, सांस्कृतिक सम्पदा, कला संस्कृति भेषभुषा, जातजातीको पहिचान, खानपान, कला लगायतका विषयवस्तुमा केन्द्रित रही भिडियो डकुमेन्ट्री निर्माणका लागि आह्वान गरिएको थियो ।

सातै प्रदेशबाट विभिन्न विधामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु मध्येबाट निर्णायक मण्डलले विभिन्न ८ विधामा ४७ भिडियोको मनोनयन सार्वजनिक गरिएको हो । मनोनयनमा परेका भिडियो तथा ति भिडिय मार्फत सहभागी प्रतियोगीहरुको नाम हेर्नुहोस्स्

पब्लिक च्वाइस अवार्ड :
१० छठ पुजा – कुमार भास्कर
२० डगुरा थारु – कुलदीप न्यौपाने
३० दैलेख – टीएनएल प्रोडक्सन
४० जर्नी टु सिंगला – जम्बुलिंग फिल्म्स
५० लिग लिग पहिलो पाइला – सुदिप गिरी
६० मानुङ – आर्यन कुँवर
७० राइनास – बिक्रम न्यौपाने
८० रामारोशन – सन्तोष उपाध्याय
९० रोलिंग मोनास्ट्री – रेशम राज रोकाया
१०० सन्दकपुर – सन्दकपुर नगरपालिका
११० सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
१२० थाक ठिमी – संजोग थकाली

बेस्ट स्क्रिप्ट राइटर:
१० छैलुङ – सुजाता गुरुङ
२० मकै विवाह – भिमलाल श्रेष्ठ
३० मानुङ कोट – आर्यन कुँवर
४० सन्दकपुर इलाम – सन्दकपुर नगरपलिका
५० डगुरा थारु – कुलदीप न्यौपाने

बेस्ट टेक्निकलर सिनेमेटोग्राफर:
१० दैलेख – टिएनएल प्रोडक्सन
२० जर्नी टु सिंगला– जम्बलिङ फिल्म्स
३० मानुङ कोट – आर्यन कुँवर
४० राइनास – बिक्रम न्यौपाने
५० रेड च्यारीयट – दिनेश श्रेष्ठ

वुमन भिडियो मेकर अफ द इयर:
१० बन्दीपुर – खुशी गुरुङ
२० छैलुङ – सुजाता गुरुङ
३० जर्नी टु घुम्ते – सपना रोक्का
४० महाशिला – वर्षा बर्मा
५० ट्युन अफ झाक्री – देवकी विष्ट

बेस्ट भिडियो अफ द इयर:
१० जर्नी टु सिंगला – जम्ब्लिंग फिल्म्स
२० राइनास – बिक्रम न्यौपाने
३० रामारोशन – सन्तोष उपाध्याय
४० सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
५० थाक ठिमी – संजोग थकाली

अ फ्युचर स्टार:
१० जर्नी टु घुम्ते – सपना रोक्का
२० जु जु धौ – सौगात बिष्ट
३० क्षितिमा माई – अशोक पाठक
४० मानुङ कोट – आर्यन कुँवर
५० तुवाचुङ – डोनाल्ड एचके

मोस्ट पोटेन्सियल डेस्टिनेसन:
१० महाकुलुंग – गाँउले इन्टरटेनमेन्ट मिडिया
२० पन्चदेवल जुम्ला – एलपी देवकोटा
३० रानीमहल पाल्पा – माधव अर्याल
४० सन्दकपुर् इलाम – सन्दकपुर नगरपालिका
५० ताजमहल – प्रविन खड्का

मोस्ट इनर्जेटिक भिडियो मेकर:
१० माई भिलेज केशवटार – फल थापा
२० रानीमहल पाल्पा – माधव अर्याल
३० सेतीदेवी, इलाम – विजय राई
४० थारु म्युजियम – विकास डिसी
५० उग्रतारा – एडभेन्चर वेस्ट होलिडे

पब्लिक च्वाइसमा मनोनयनमा परेका १२ भिडियोहरु केहिदिन भित्र सार्वजनिक गरि सबैलाई जानकारी गराइने अभियानका संयोजक निर्मल श्रेष्ठले जानकारी दिएका छन् ।अवार्डको अन्तिम घोषणा आगामी अषाढ १६ गते ९जुलाई १० मा काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना हुने छ ।

गत जनवरी १, २०१९ देखि मे ३१ सम्म चलेको यस ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जका निर्णायकहरु अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार र कलाकार एवं निर्देशक निर्मल शर्मालगायतले छनोट गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.