उपचार खर्चको अभावमा माईजोगमाईको थुम्केका सन्तोष खोरमा

Hot News Special News Trending अन्य स्वास्थ्य/शिक्षा


माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ थुम्के डाँडाका सन्तोष कठेत उपचार खर्चको अभावमा खोरमा थुनिएका छन । मानसिक सन्तुलन गुमाएका ३४ बर्षे अबिवाहीत सन्तोषलाई आफन्तले केहि दिन अघि देखि खोरमा थुनेर राखेका हुँन ।
न्यूरो अस्पताल, भारतको राँची लगायतका स्थानमा उपचारमा लगेर आफन्तले पाँच लाख बढी रकम खर्च गर्दा पनि सन्तोषको अवस्था ठिक नभए पछि उनलाई खोरमा थुनिएको आफन्तले बताएका छन । कपडा नलगाउने , जे भेटायो उसैले हिर्काउने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थाले पछि उनलाई बाध्य भएर खोरमा राख्नु परेको उनका भाई मनकुमार कठेतले बताए । उनले भने ‘मान्छे देख्नै हुँदैन ढुंगाले हानी हाल्ने गर्न थाले पछि बुढाबुढी र केटाकेटी असुरक्षित भए, अनि उनलाई नै पनि जोगाउन नसकेर सुरक्षाका लागि यहा राखेका छौ । ’
बुबा आमा संग बस्दै आएका सन्तोषको केहि समय अघि देखि मानसिक सन्तुलन ठिक छैन । अहिले थुम्केको चिसो ठाँउमा गोठमा राखीएका सन्तोषले आफनो नाम थर राम्री भन्न सक्छन । थुम्केमा गाई गोठ पालेर बसेका उनको परिवारको आर्थिक अवस्था कमजोर भए पछि उनलाई खोरमा राख्नु परेको बताईएको छ । उनका आफन्तले सन्तोषको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन । यता माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले उनको उपचारमा गाउँपालिकाले सहयोग गर्ने बताउनु भएको छ । अध्यक्ष राईले भन्नु भयो ‘ उनको अवस्था र गाउँपालिकाको कार्यबिधि हेरेर उपचारका लागि पहल गर्छौ ।’ यस्तै
यता अपाङगता भएकाहरुको क्षेत्रमा काम गर्दै आएको संस्था करुणा फाउण्डेशन इलामका कार्यक्रम निर्देशक अजित योञ्जनले सन्तोषको उपचारमा पहल गर्नेे बताउनु भयो । योञ्जनले गाउँपालिकाबाट अपाङ्गता भएकाहरुलाई दिईने रातो (अपाङ्गता) परिचय पत्र सन्तोषलाई उपलब्ध गराउन पहल भैरहेको जानकारी दिनु भयो । उक्त परिचय पत्र पाए पछि सन्तोषले मासिक तीन हजार रुपियाँ पाउने छन। उनमा कडा खाल्को मानसिक रोग देखिएकाले उपचारमा तत्काल लैजान समस्या भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.