मसिंर: इलामको सूर्योदयनगरपालिका ९ रम्फोक स्थित चन्द्र खेल मैदानमा जारी समृद्ध नकआउट फुटबल प्रतियोगितमा भेनस एफ सि बिजयी भएको छ ।आज सम्पन्न खेलमा समृद्ध फुटबल कल्वलाई १ ० गोल अन्तरले हराउदै भेनेस सेमिफाईनल मा प्रबेश गरेको छ ।
खेलको ४१ औ मिनेटमा भेनसका जर्सी न १० का सगुन राईले गरेको गोल नै निर्णायक बन्यो ।भोली तेस्रो क्वाटर फाईनल अनतर्गत अनुग्रह एफ सि र निर्भाना एफ सि बिच हुने आयोजक समितिका सचिव मानविर लेप्चाले जानकारी दिनु भयो ।
प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, डिफेन्डर, गोलरक्षक र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको फाइनल मंसिर २८ गते हुनेछ । आगामी मसिंर २६ गते बिभिन्न कलाकारको साथमा लेखुविवस उपचार सहयोगार्थ च्यारेटी सो पनि हुने छ ।