शिसा क्लासिक तिनघरे र खुदुनाबारी स्पोर्टिङ क्लब सेमिफाइनलमा

Breaking News Special News Trending खेलकुद प्रमोसन मनोरञन

चन्द्रकान्त पौडेल ,फिक्कलः


बिरेन्द्र माध्यमिक बिद्यालय आइतबारेको खेल मैदानमा जारी १६ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको आज सम्पन्न क्वाटर फाइनल खेलबाट बिजयी हुँदै शिसा क्लासिक तिनघरे इलाम र खुदुनाबारी स्पोर्टिङ क्लब झापा सेमिफाइनल प्रबेश गरेका छ्न।
आज सम्पन्न पहिलो क्वाटर फाइनलमा आहाले सेभेनलाई ट्राइ बेकरमा ४ –२ गोल अन्तरले पराजित गर्दै शिसा क्लासिक सेमिफाइनलमा प्रबेश गरेको हो । निर्धारित समयमा दुबै तर्फ बाट १–१ गोल भए पछि ट्राइबेकरबाट निर्णय गरिएको हो। निर्धारित समयमा शिसा क्लासिकले २१ औ मिनेटमा अभिषेक राईको १ गोलको माध्यमबाट खेलमा अग्रता कायम गरेको थियो भने आहालेका अनिश राईले २२औ मिनेटमा १ गोल गरि खेल बराबरिमा पुर्याका थिए। तर , त्यस पछि कुनै गोल हुन नसकेपछी ट्राइबेकरबाट निर्णय गरिएको हो।
त्यस्तै दोस्रो क्वाटर फाइनलमा आइतबारे फुटबल क्लबलाइ २ का बिरुद्द ५ गोलले पराजित गर्दै खुदुनाबारी स्पोर्टिङ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।बिजयी खुदुनाबारिकालागी बबिन बोहोरा र कुलाहाङ लिम्बुले समान २–२ तथा विशाल खवासले १ गोल गरेका थिए भने पराजित आइतबारेका लागि मनिस लिम्बू र विशाल माझिले १–१गोल गरेका थिए।
प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा भोलि जनता सेभेन फिक्कल र ड्रीम्स क्लब जहर्सिङगाउँ तथा अन्तिम क्वाटर फाइनलमा फिक्कल एफ सि फिक्कल र टि वाइ सि तिनघरे भिड्ने आयोजक समितिका अध्यक्ष खड्ग प्रसाद दाहालले जानकारी दिनुभएको छ । माघ २ गतेबाट शुरु प्रतियोगितामा इलाम र झापाका गरि १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेता टिमले नगद ८०१११र उपबिजयी टिमले ५०१११ प्राप्त गर्नेछ्न।प्रतियोगिताको फाइनल खेल माघ ११ गते शनिबार हुनेछ,फाइनल खेलको दिन दात,हाडजोर्नी,सुगर प्रेसर लगाएत रोगको परिक्षण हुने आयोजकले जनाएको छ

Leave a Reply

Your email address will not be published.