प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०० नजिक

Breaking News Hot News Mukya Samachar Special News Trending

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीनसय नजिक पुगेको छ । बुधबार १४ मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या तीनसय नजिक पुगेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २९६ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार बुधबार मोरङमा ८ जना, झापामा पाँचजना र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो ।

मोरङका संक्रमित रतुवामाई नगरपालिकाको सौठा र इटहरा क्वारेन्टाइनमा बसिरहेकाहरु हुन ।

झापाको मेचिनगर नगरपालिकामा १ जना, कनकाई नगरपालिकामा ३ जना र गौरादह नगरपालिकामा १ जना संक्रमण देखिएको हो । गौरादहका संक्रमित महिला हुन् ।

उदयपुरको उदयपुरगढी गाउँपालिकामा १ जना पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरुको विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

Leave a Reply

Your email address will not be published.