असार । राष्ट्रिय सभाबाट नयाँ नक्सासहितको संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ।
संविधान संशोधनका विषयमा राष्ट्रिय सभामा बिहीवार राष्ट्रिय सभामा मतदान भएको थियो ।
अहिले राष्ट्रिय सभामा रहेका ५८ जनामध्ये ५७ जनाले मतदान गरेको राष्ट्यि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी बताए ।
उनका अनुसार बिहीबार ५७ जना सदस्य उपस्थित भएकोमा उनीहरू सबैले संशोधनका पक्षमा मतदान गरेका थिए ।
सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।
यस अघि गत जेठ ३१ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको निशान छापमा रहेको नक्सा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भैसकेको छ ।