नयाँ अभियान चलाएर बिपन्नलाई सहयोग गर्दै युवाहरु

Breaking News Hot News Mukya Samachar Special News Trending


मंगलबारे, असोज : इलाम देउमाई नगरपालिका वडा नम्वर ४ का केही युवाहरुकोे समुहले अति बिपन्न तथा गरिव परिवारलाई निःशुल्क खाद्य सामग्री वितरण गरेको छ । वडा नम्वर चारका युवाहरुले पहिलो चरणमा अत्यान्तै बिपन्न २५ परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो । चामल, दाल, नुन, तेल, लगायतका दैनिक उपभोग्य सामाग्री बितरण गरिएको अभियान्ता दुर्गा घिमिरेले बताउनु भयो । कोरोना महामारीले निम्त्याएको आर्थिक संकटका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार भोकमरीको अवस्थामा सो सामाग्री बितरण गरिएको हो ।
जसले मानवतामा बिस्वास राख्दछ नाम दिएर युवाहरुले अभियान चलाएको अभियानता पवन खनालको भनाई छ । हुनेले दिएर जानुहोस, नहुनेले लिएर जानुहोस भन्ने नारा सहित कार्यक्रम गरिएको उहाँको भनाई छ ।
लामो लकडाउनले आम जनता आर्थिक संकटमा पर्दा पनि स्थानिय संघसंस्था, स्थानिय तह प्रदेश र राज्य स्थरबाट कुनै सहयोग नभएकोले स्थानिय सहयोग जुटाएर सहयोग गरिएको अभियान्ता अनिल नेपालको भनाई छ । युवाहरुको स्वबिवेकले सामाग्री संकलन गरेर बितरण गरिएको हो । बजार क्षेत्रमा बसोबास गर्ने र दिन सक्ने ब्यक्ति, समाजसेवी ब्यापारीहरुबाट संकलन गरिएको राहत मंगलबारे बजारमा नै एक कार्यक्रमबिच आइतबार बितरण गरिएको अभियान्ता आशिष खनालले बताउनु भयो । कोरोना माहामारिपछिको पहिलो राहात कार्यकम सम्पान भएको युवाहरुको भनाई छ । पहिलो चरणमा वडा नम्वर चारमा गरिएको कार्यक्रम सबै वडामा गएर बितरण गरिने योजना रहेको अभियानताहरुको भनाई छ ।


कुनैपनि राजनैतिक दलसँग सहकार्य नगरी बिभिन्न पार्टी र तिनका भात्रृसंस्थामा आस्था राख्ने युवाहरुले नै सो अभियान सञ्चालन गरेको हो । बिवन्न परिवार भोकभोकै बस्नुपर्ने दिन नआओस र कमाएकाहरुले बिपन्नहरुलाई सहयोग गर्नुपर्छ भन्ने शन्देश दिन समेत अभियान सञ्चालन गरिएको युवाहरुको भनाई छ । हाल १२ जना युवाहरु अभियानमा रहेको र यस अभियनमा संयोजक र सदस्य नरहने ब्यवस्था गरिएको उहाँहरुको भनाई छ । स्वत स्फुर्त रुपमा युवाहरु नयाँ जोसका साथ अभियानमा लागेकाले पनि समाजसेवीहरुबाट राहत संकलन भएको स्थानियको बुझाई छ ।

Leave a Reply

Your email address will not be published.