मौषम खुलेपछि कन्याम र अन्तुमा आन्तरिक पर्यटकको चहलपहल

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली पर्यटन प्रदेश नं. १ प्रमोसन बिजनेस

फिक्क्ल: मौषम खुलेपछि इलामका प्रमुख पर्यटकीय स्थलहरु कन्याम र अन्तुमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ ।
लामो समयको लडडाउन खुलेर यातायत संचालनमा आएपछि कन्याम र अन्तुमा पर्यटकको चहलपहल शुरु भएको हो ।
यातायत संचालनमा आए पछि पर्यटक आउन थालेपछि पर्यटकीय गन्तब्यहरु आफै चलायमान हुन थालेका हुन ।
कन्याम र अन्तुमा अहिले कोरोनाको त्रासकै बिच पनि पर्यटक आउने क्रम बढेको छ । कन्याममा बिगत ४ दिन देखि घोडचढी समेत शुरु चएको छ । लामो समय बन्दाबन्दीमा परेका जिल्ला भित्रकै र छिमेकी जिल्ला झापाबाट बढी पर्यटक यी क्षेत्रमा आईरहेका छन ।


कन्यामका होटल ब्यवसायी टेकराज गिरीले सुरक्षा अपनाएर आएका पर्यटकलाई सेवा दिन थालिएको जानकारी दिनु भयो । उहाका अनुसार अहिले कन्याममा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै शुरु भएको छ । पर्यटक आउन थालेपछि होटलहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पनि अपनाउन थालीएको छ । गिरीले भन्नु भर्यो थलिएको पर्यटन आन्तरिक पर्यटकले जुर्मुराउन थालेको छ ।’कन्यामको ठेला ब्यवसायभ ने अझै संचालनमा आउन सकेको छैन ।
कन्याममा चिया बगान, हिमाली दृश्यमा रमाउन , घोडचढी गर्न र बिभिन्न जातजातीको भेषभुषमा सजिएर तस्विर लिन पर्यटक आउने गरेका छन् ।


यस्तै अन्तुमा रहेको होम स्टेमा पर्यटककको केहि दिन अघिबाट खचाखच हुन थालेका छन । अन्तुका होमस्टेमा पर्यटकलाई सेवा दिदै सुरक्षा सर्तकता अपनाउने गरिएको अन्तुका होमस्टे ब्यवसायी रुद्र घिमिरेले जानकारी दिनु भयो ।

उहाका अनुासर एकै स्थानमा भिडभाड नर्गन अन्तुका होमस्टे, कटेज , होटलमा पर्यटकलाई बाढेर राख्ने गरिएको छ । अन्तुमा पर्यटक बढेपछि वडा कार्यालयले समेत स्वास्थ्य मापदण्ड अपनाउन ब्यवसायी र पर्यटकलाई आग्रह गरेको छ । ब्यवसायी घिमिरेले भन्नु भर्यो पर्यटक बाढ्दा केहि कोठा खाली राखिन्छ र अर्को दिन नयाँ कोठामा मात्र पर्यटक राख्ने गरेका छौ ।’ घिमिरेले कटेजहरु अलग-अलग भएका कारण र पर्यटकलाई किचनमा प्रवेश नदिईने गरिएका कारण खासै समस्या नभएको बताउनु भयो ।


सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले आफै संचालनमा आएको पर्यटन क्षेत्रमा ब्यवसायीलाई सचेतता अपनाउन आग्रह गर्नु भयो । उहाले भन्नु भर्यो हामीले आधिकारीक केहि भनेका छैनौ तर , होटल होमस्टे संचालनमा आएका छन, आफै सचेत बन्न जरुरी छ ।’
प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याम , अन्तुमा बाह्ै महिना पर्यटकको भिड लाग्ने गरेको थियो । कोरोना संक्रमण पछिको बन्दाबन्दीका कारण यस क्षेत्रका होटल ब्यवसायीले ठूलो आर्थिक क्षती बेर्होनु परेको छ ।

Leave a Reply

Your email address will not be published.