महेश आचार्य, काठमाडौ :
नकोरिएको लामो कपाल, नमिलाइ लगाएको टोपी, सधै एउटै पुरानो लुगा । बाँसुरी र एउटा कापी राखेको सानो एउटा रातो झोला बोक्ने बयस्क उमेरको एउटा हँसमुख चरित्र । टिस्टुङ्ग पालुङ्ग आसपासको देउराली गाउँ अनि त्यही गाउँमा बस्दै आएको ञझिम्के मामाझ । गाउँभरीको अभर, अफ्ठेरो, सार्ह्रो(गाह्रो र बिकास निर्माण मात्रै हैन झै(झगडा मिलाउनु पनी सधै अगाडी ।
सबै कुरालाइ आफै मिलाउन सक्ने झिम्के गाउँका हरेक भेलामा आफु भने सधै ढिलो पुग्छन हाम्रै गाउँमा पुग्ने आधारभुत सुबिधाजस्तै । गाउँकै स्कुलमा पढाउने मिस धादिङ्गतिरको एउटा घुमन्ते केटोसङ्ग ञकर्ण फुसफुसझ ९मोबाईल० कै कारण माया जालमा पर्छिन । सबैले चाहेकी ञमिसझलाइ पाउन आपसमा लडिरहेछन गाउँका केहि केटाहरु । अछुत झिम्केलेनै बनाएको मन्दिरमा दैनिक पुजापाठ गरेर पेट भर्ने ञपन्डित बाजेझ जातपात र छुवाछुतको ठेकेदारी गर्छन ।
सधै सबैको राम्रो गर्ने ञझिम्केझले आफ्नो जात ढाटेर देउराली गाउँमा बसेको कुरा उस्का मित्ज्यु ९दमाई० सङ्ग देउरालीमा भएको कुराकानी पन्डित बाजेले सुनेपछी झिम्केलाइ चारपाटा मुडेर चार भन्ज्याङ्ग कटाउने कुरामात्र हुन्न उस्लाइ आश्रय दिने टिकारामलाइ समेत गाउँबाट निकाल्ने कुरा हुन्छ । यसरी सबैको राम्रो गर्ने ञझिम्के मामाझजातिय उत्पीडनको पछिल्लो सिकार हुँदै आफैले बनाएको मन्दिरमा आत्महत्या गर्न बाध्य हुन्छ।

प्रसङ्ग हो, जातिय उत्पिडनले गाजेको सिङ्गो गाँउलाइ परीबर्तन गर्न मरीहत्ते गरेर लागेको यहि एउटा चरित्रलाइ टपक्क टिपेर बनाइएको नाटक ञझिम्के मामाझ को, जुन चर्चित कलाकार ञपि। के। डनझ ९प्रदीप कुमार चौधरी० को निर्देशनमा मन्डला नाटकघर अनामनगर, काठमाडौँमा नियमित मन्चन भैरहेको छ । ञझिम्के मामाझ को निक्कै चुनौतीपूर्ण चरित्रलाइ प्रायः नकारात्मक भुमिकामा रुचाइएका अङ्कित खड्का ९चलचित्र घामपानीका इन्स्पेक्टर० ले दरिलो न्याय गरेका छन ।
दुर्गा प्रसाद पाण्डेको कथालाइ आफैले नाट्य रूपान्तरण गरेका प्रदिप कुमार चौधरीले सजन थापामगरले कल्पना गरेको पानीपधेरो सहितको देउराली गाउँको उत्कृष्ट सेटमा सजिब सम्बाद र मिहिन अभिनय सहित मन्चन गरीरहेछन ।
नाटकमा अङ्कित खड्का, सनुप न्यौपाने, संयोग गुरागाई, सागर खाती कामी, रीता श्रेष्ठको युनिश श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।