नेकपा एमालेले इलामको देउमाई नगरपालिकाको प्रमुखमा पोख्रेल र उप प्रमुखमा राईलाई दोहो¥याउने

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

फिक्कल: आगामी ३० गते सम्पन्न हुँने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले स्थानीय पालिकाहरुमा धमाधम उम्मेद्धार चयन गरीरहेको छ । नेपाली काग्रेस लगायतका दल गठबन्धनका कारण उम्मेद्धार टुंगो लगाउने बिषयमा अलमल गरीरहेका बेला एमालेले धमाधम उम्मेद्धार टुंगो लगाएको हो ।
एमालेले धेरै जसो स्थानमा पुरानै अनुहार दोहोरर्याएको छ । गत २०७४ सालको निर्वाचनमा १० पालिका मध्ये ७ पालिका जितेको एमालेले अघिल्लो निर्वाचनमा बिजयी र उक्त निर्वाचनमै पराजय भोगेकालाई नै उम्मेद्धार बनाएको छ । यसै क्रममा इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेबाट सूर्य पोख्रेल सर्वसम्मत सिफारिस भएका छन् । नगरपालिकाको वर्तमान प्रमुख पोख्रेललाई एमालेले दोहो¥याउने भएको छ । गत स्थानीय तहको निर्वाचनमा पोख्रेलले प्रमुखमा ७३४७ मत पाएर विजयी भएका थिए भने, काँग्रेसका होम दुलालले ६३९० मत पाएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका रामकुमार राईले ९७६ मत प्राप्त गरेका थिए ।
एमालेले देउमाई नगरपालिकाको उपप्रमुखमा पनि पविमाया राईलाई नै दोहो¥याउन सिफारिस गरेको छ । पविमाया राईले गत निर्वाचनमा ७३८७ मत पाएर उपप्रमुखमा निर्वाचित भएकी थिइन् । काङ्ग्रेसकी उम्मेदवार सूर्यमाया राईले ६३९० र माओवादी केन्द्रकी शान्ता बस्नेतले ११९३ मत पाएकी थिइन् । देउमाईमा पोखरेल र राईको प्रतिष्पर्धा अव चारदलिय गठबन्धन बिच हुँने छ । एमालेले अव केहि पालिकामा उम्मेद्धार टुंगो लगाउन वाँकी छ । माईजोगमाईको अध्यक्षमा कुश बहादुर थेवे र उपाध्यक्षमा सावित्रा भट्टराईलाई उम्मेद्धार बनाएको छ । इलाम नगरपालिका, माई नगरपालिका, सन्दकपुर गाउँपालिका , चुलाचुली गाउँपालिकामा एमालेले उम्मेद्धवार टुंगो लगाउन वाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *