माईजोगमाई २ को ज्ञानोदय माविमा शिक्षकको कुटाईबाट विद्यार्थी घाईते

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलामको एक सामूदायिक विद्यालयका शिक्षकले विद्यार्थीलाई जथाभावी कुटपिट गरेका छन् ।माईजोगमाई गाउँपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरिएको हो । करारमा रहेका शिक्षक उज्जवल खतिवडाले पढाउँदा बिद्यार्थीले नजानेको भन्दै कक्षा ६मा पढ्ने रोशिका राईलाई पिटेका हुन् ।
शिक्षक खतिवडाको कुटाईबाट रोशिकाको दाहिने हात सुन्निएको छ ।हातमा समस्या देखिएपछि नजिकैको स्वास्थ्य संस्थामा लगेर हात ब्यान्डेज गरिएको रोशिकाका आफन्तले बताएका छन् ।आफन्तका अनुसार शिक्षकले सबै विद्यार्थीलाई दैनिक पिट्ने गरेका छन् ।
यता विद्यालयका शिक्षक टंक भण्डारीले विद्यार्थीलाई पिटेको स्वीकार गर्नुभयो ।उहाँले भन्नुभयो ‘पढाउने क्रममा समान्य पिटेको हो तर पहिल्यै मर्केको हात भएकाले केही सुन्निएको भन्ने खबर पाएका छौ । ’ पढनपाठनमा विद्यार्थी कमजोर भएपछि बोर्डिङका शिक्षक ल्याएको र सामान्य पिट्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।बालबालिकालाई डरत्राश नदिई शिक्षण सिकाई गराउनुपर्ने प्रावधान भएपनि कतिपय विद्यालयले यसलाई पालना गरेको पाइदैन ।

Leave a Reply

Your email address will not be published.