माईजोगमाई गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

माईजोगमाई: माईजोगमाई गाउँपालिकाको ११ औ गाउँसभा सम्पन्न भएको छ । गाउँ सभामा जनप्रतिनिधिले ५ बर्ष सम्म गर्दै आएका कामको बिषयमा माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राईले प्रष्ट पारेका थिए । जनप्रतिनिधी निर्वाचित भएपछि सबै क्षेत्रमा बिधुत पुगेको ,
गाउँपालिका क्षेत्रभित्रका बिद्यालयहरुमा कम्प्युटर सबै बिद्यालयमा पुगेको गाउँसभामा अध्यक्ष राईले बताउनुभयो । स्वास्थ्य श्रेत्रमा उलेख्य सुधार आएको र कोरोनाको समयमा पनि जनतालाई बचाउनको लागि हर बखत पहलहरु गरेको बताउनु भयो । कर्मचारी ब्यवास्थापन ऐन पारितको लागि गाउँसभामा पेश गरिएको थियो भने पालिका सभासदहरुले ५ दिनको लागि अध्यानको लागि समय मागेपछि गाउँपालिकाको सभाबाट माईजोगमाई गाउँपालिका कर्मचारी ब्यवास्थापन ऐन ५ दिनको पछि मात्रै पारित गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत भागवतप्रसाद रेग्मीले बताए ।माईजोगमाई गाउँपालिकामा जनप्रतिनिधि नहुदा इन्टरनरनेटको पहुच नभएको अवस्थामा हाल ईन्टरनेटको राम्रो ब्यवस्था रहेको छ । जेष्ठ जनप्रतिनिधि माईजोगमाई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष भवानी प्रसाद लिङ्दमलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *