माईजोगमाईको समृद्धि शुरु भई सक्योः अध्यक्ष जितबहादुर राई !(अन्तरवार्ता)

Breaking News Special News Trending अन्तरबार्ता प्रदेश नं. १ समाज

इलामको माईजोगमाई गाउँपालिका जति रमाणीय छ बिकास र पूर्वाधारका कारण अहिले पनि उती नै पछाडी नै छ । स्थानीय सरकार संचालनमा आए पछि बिकासका केहि कामले गति लिन थालेको छ । अहिले स्थानीय सरकार धमाधम आर्थिक बर्ष २०७६÷०७७ को बजेटको तयारी छन् । यसै सन्दर्भमा माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई र ए.बी.सी.नेपाली डटकमका सम्पादक प्रेम अधिकारी बिच गाउँपालिकाको बिकास , कतिपय बिवादीत बिषय र आगामी बजेटका बिषयमा भएको समसामयीक कुराकानी ।

• गाउँपालिकाको पछिल्लो गतिविधि के छ ?

* अहिले गत आर्थिक बर्ष २०७४÷७५ का योजना अन्तिम चरणमा पुरयाई रहेका छौ । यसलाई पूरा गर्ने प्रयासमा छौ । गाउँपालिकामा नयाँ बजेटको सिलिङ पनि आएकाले पुराना काम सफल पार्न तिब्र रुपमा लागि रहेका छौ ।

• आ.व.२०७४÷७५ को बजेट कति खर्च गर्नु भयो ?

ठयाक्कै यति नै त भन्न सक्दिन तर अहिले योजनाका ७५ प्रतिसत काम र ७५ प्रतिसत बजेट सक्की सकेको छ ।
नयाँ योजना छनौटको बेला पनि भएको छ, आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा के–के कुरालाई ध्यान दिनु हुन्छ ?
आवको पहिलो पूर्वाधारको काम बाँकी छ । हाम्रो गाउँपालिका एउटा कच्ची रोडले मात्र छोएको गाउँपालिका हो, तपाईलाई सबै थाहै छ । हाम्रो पहिलो प्राथमिक्ता सडकमै छ । गाउँपालिका भरी बाह्मासे सडक बनाउने , त्यस पछि शिक्षा स्वास्थ्य खेलकुद जस्ता कुरालाई प्राथमिक्तामा राख्छौ ।

• वडाका साना सडकलाई ध्यान दिई रहनु भएको छ तर, केन्द्र जोड्नेबाटो फिक्कल–नयाँबजार , इलाम –नयाँबजार बाटो कहिले पक्की बन्छ ? यी सडकमा किन ध्यान नगएको ?


ध्यान नदिएको भन्न मिलेन । ध्यान दिएकै कारण फिक्कल –नयाँबजार बाटो टेन्डर लागि सक्यो । अवको एक दुई बर्षमा फिक्कल–नयाँबजार ,इलाम–दुदाङ–नयाँबजारबाटो पिच भैसक्ने यहालाई जानकारी गराउदछु । प्रदेश सरकार मार्फत टेन्डर प्रक्रिया अगाडी बढी सकेको छ । चाडै काम शुरु हुन्छ ।

• संघीय र प्रदेश सरकारले दिएका बजेटले त काम गर्नु भयो , गाउँपालिकाको बिकासका लागि अन्य स्रोत कसरी खोज्दै हुनुहुन्छ ?


अहिले हामीले चाही साझेदारी निकाय संग नै मिलेर पनि काम गरी रहेका छौ । बिभिन्न सरोकारवाला संघ संस्था सग मिलेर काम गरी रहेका छौ । प्रदेश र संघ संगको समन्वयमा हामी यस पटक देखि बिभिन्न दात्री निकायको ढोका ढकढक्याउन पुग्छौ । गाउँपालिकाको समृद्धि र बिकासका लागि हामी सबै एकजुट भएर लागि पर्नु पर्छ । नयाँबजार–जौवारी–सन्दकपुर पर्यटन मार्गका कुराहरु पनि आईरहेक छन । माईजोगमाई गाउँपालिका आफैमा पर्यटकीय क्षेत्र भए पनि पर्यटन बिकास हुन सकेको छैन ।

• आगामी आ.व.को बजेटमा पर्यटन पूर्वाधारले प्राथमिक्ता पाउछ ?


हामीले पर्यटन पूर्वाधारलाई महत्व पूर्ण रुपमा लिएका छौं । स्थानीयको दैनिक जनजिविकामा पर्यटन जोडीने हुँदा नै हामी फिक्कल–नयाँबजार सडक कालोपत्रेमा पहिलो ध्यान दिएका छौ । यहाको आर्थिक समृद्धिको बाटो नै भविश्यको पर्यटन पूर्वाधारको जग भएकाले फिक्कल–नयाँबजार , नयाँबजार –जौवारी–तुम्लीङ–मेघमा पर्यटन मार्गलाई जोड्ने प्रयत्न छ । त्यही अनुरुप अहिले उपभोक्ता समिति र टेन्डर प्रक्रिया मार्फत काम पनि भैरहेको छ । सन्दकपुर संग हामी जोडीने अन्तिम प्रयन्तमा छौ । हामी आउदा र अहिले पर्यटनका थुप्र्रै कामहरु भएका छन् । थुम्केमा भ्यूटावर बन्दै छ । गुम्बा मठ मन्दिर पोखरी संरक्षणमा आगामी बजेटमा ध्यान दिन्छौ ।

• अहिले माईजोगमाई गाउँपालिकाका स्थानीयले गाउँपालिकाबाट पाउनु पर्ने न्यूनतम् सेवा सुविधा सहज रुपमा पाएका छन त ?


जनताले पाउनु पर्ने सेवा सुविधा हामीले छिटो छरीतो र सर्वसुलभ ढंगले कसरी दिन सकिन्छ भन्ने कुरामा ध्यान दिई रहेका छौं तर, कतिपय निती नियम र कर्मचारी अभावले सोचे जति र भने जति छिटो छरितो सेवा सुविधा दिन सकेका छैनौ ।


• गाउँपालिकामा कर्मचारी अभावको समस्या कस्तो छ ?


कर्मचारीको समस्या छ , अभाव नै छ , सरकारले योजना कार्यक्रम ल्याउदै छ । गत बर्ष भन्दा अहिले केहि त सहज छ । लोकसेवाले खुलाएको बिज्ञापनले पूर्ती गर्छ भन्ने पर्खाईमा छौ ।


• शिक्षा क्षेत्र संग जोडीएर यहाँरुहरु बेला–बेला बिवादमा आईरहनु भएको छ । किन हस्तक्षेप गर्नु हुन्छ शिक्षा क्षेत्रमा ?


यो शिक्षा क्षेत्रमा जुन बिकृति बिसंगती छ , हामी त्यो चिर्न चाहान्छौ । एउटा जनताको छोराछोरी पढ्ने स्कुलललाई गुणात्मक बनाउनु पर्छ । त्यहा भैरहेको बिसंगती अपारदर्शीता हटाएर , एउटा पारदर्शी बिद्यालय बनाउने हाम्रो दायीत्व हो । त्यो बिषयमा चासो राख्दा हिजो देखिको संस्कारमा हुर्केका , उहाहरुको आनीबानी छ , अहिलेको लोकतान्त्रीक चरित्र अनुसार चल्नुहोस् भन्दा उल्टै हामी माथी प्रश्न गर्नु हुन्छ, गर्नु भएको छ । हामी जसरी पनि शिक्षा क्षेत्र सुधारमा लागेका छौ । त्यो किसीमका बिवादलाई हामी सकारात्मक लिन्छौ । हामी जनताका छोराछोरी पढ्ने बिद्यालयमा कुनै पनि प्रकारको खेलवाड हुन दिन्नौ ।

अव अर्को विवादीत कुरामा प्रष्ट हुन चाहे । तपाईले गाउँपालिका उपाध्यक्षको अधिकार हस्तक्षेप र हनन गर्नु भयो भनेर आम संचारमाध्ययममा आई सक्यो । खास भएको के हो ?


खै अव मलाई चाही उपाध्यक्षको अधिकार क्षेत्र हनन भएको जानकारी पनि छैन । महसुुस पनि छैन् । उपाध्यक्षको जुन न्यायिक सम्पाद र अनुगमनका काम हुन मैले र गाउँपालिकाले कुनै हस्तक्षेप गरेको छैन । उहाले जसरी आफनो कुरा संचार माध्यममा राख्नु भयो त्यसको जवाफ र पुष्टी अव उहाले नै गर्नु पर्छ । हामीले कुनै पनि काम गरीरहदा संबिधान कानुन र नियम भन्दा बाहिर गएर गर्न सक्दैनौ , मिल्दैन पनि र आज सम्म गरेका छैनांै ।

• आगामी आ.व.को बजेटमा माईजोगमाई गाउँपालिकामा कुन शिर्षक र बिषयले प्राथमिक्ता पाउछ ?


पूर्वाधार बाटो , वडा कार्यालय , अलि बढी कृषि , पर्यटन , शिक्षा, खेलकुद र स्वास्थ्य मानै जोड दिन्छौ । त्यसमा पनि मुल सडक हाम्रो पाथमिक्तामा पर्ने निश्चित नै छ । बजेट बनाउदा पनि अहिले ती नै बिषयमा केन्द्रित भएका छौ ।

• समय र जानकारी दिनु भयो यसका लागि धन्यवाद छ ?

मेरा कुरा राख्ने कतिपय बिषयमा प्रष्ट पार्ने मौका दिनु भयो । ए.बी.सी. नेपाली डटकमलाई धेरै – धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published.