बर्खे बिकासले सडक अवरुद्ध

Special News Trending समाज


गोबिन्द पौडेल इलाम :

आर्थिक बर्षको अन्तमा बिकास गर्ने प्रबिति बढीरहदा हर्कटे तारगाउ जिर्मले काकडभिट्टा सडकको हर्कटे तारगाउ खण्डको सडक पूर्ण रुपमा अबरुद्ध भएको छ ।
सडक अवरुद्ध हुदा तारगाउ र जिर्मलेका नागरिकहरुलाइ प्रतक्ष असर परेको छ भने नागरिकहरुले कष्टकर जिवन बिताउनु परेको छ । सडक पूर्ण रुपले अवरुद्ध हुला यस क्षेत्रका नागरिकहरुले उत्पादन गरेको कृषि उपजहरु बजारसम्म पुर्याउन कठिन बनेको छ भने दैनिक उपभोगको सामान आयातको लागि समेत असहज बनेको छ ।
हर्कटे तारगाउ मोटर बाटो निमार्णको लागि चालु बर्षमा सांसद बिकास कोषबाट १५ लाख बिनियोजन भएपछि तारगाउ खण्डमा हरकटेको भोटेगैराबाट तारगाउको गोलाइसम्म संचालित सडकलाइ ७ मिटर चौडाइ फराकिलो सडक बनाइएको थियो । सडक बनाइ सकेपछि नाली निमार्णमा ढिलाइ हुदा बर्षको समयमा नाली बनाइदा तारगाउको गोलाइबाट र्हकटे सम्मको बाटो पूर्णरुपमा अवरुद्ध भएको हो । तत्काललाइ तारगाउको तल्लो सडकबाट साना सवारी साधनहरु चल्न सक्ने भएपनि पानी पर्नासाथ सो सडक पनि अवरुद्ध हुन सक्ने भएकोले हर्कटे पूर्वाका नागरिकहरु पूर्ण नाकाबन्दिमा पर्ने निश्चित भएको छ । अहिले पनि तारगाउमा माथिल्लो टोल उत्तरे डाडामा रहेको दुग्ध संकलन केन्द्रलाइ प्रतक्ष प्रभाव परेको छ । सडक खन्दा निकालीएको माटो सडकमा थुपारीएको र बर्षको पानीले सो सडकमा तिनफिट सम्म गहिरो खाल्डो परेकोले सवारी साधन चल्न नसकेको हो ।सडकको केही भागमा गिटिको खानी भएपनि सो स्थानबाट निकालीएको मिश्रीत गिटी र ढुङ्गा पनि बाहिर लगेको स्थानिय बासीहरुको गुनासो रहेको छ । सडकमा अहिलेसम्म गिटी र ढुङ्गा नहालिदा जटिल समस्या आएको सोही सडकमा सवारी चलाउने ब्यवसायि आसिस प्रधानले बताए । बैकल्पिक सडक समेत अवरुद्ध भएका यहाबाट उत्पादित कृषि उपज त ढुवानी गर्न सकिदै नै तारगाउको सिरानमा रहेको तारागाउ चिया उध्योग पनि बन्द हुन सक्ने उद्योग श्रोतको भनाइ रहेको छ । यदि सडकको कारण उद्योग बन्द भएमा यस क्षेत्रमा उत्पादन हुने हजारौ किलो हरियो चिया समेत नास भएर जान सक्ने किसानहरुको चिन्ता रहेको छ ।

Leave a Reply

Your email address will not be published.