भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो माथि ड्रोन आक्रमण

Breaking News Hot News Mukya Samachar Special News अन्तर्राष्ट्रिय अपराध कर्णाली प्रदेश कला संस्कृति खेलकुद गण्डकी प्रदेश घुमफीर ज्ञानविज्ञान पर्यटन प्रदेश नं. १ प्रदेश नं. २ प्रदेश नं. ३ प्रदेश नं. ५ प्रदेश नं. ७ प्रदेश संस्करण बिजनेस बिमा बैंकिंग मनोरञन राजनीति रोचक विचार विश्व अर्थतन्त्र शिक्षा समाचार समाज सूचना प्रविधि स्वास्थ्य/शिक्षा

काठमाडाैं २० साउन ।  भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् ।

त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ ।

राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको थियो । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए ।

भेनेजुयलाका अधिकारीहरुले राष्ट्रपति मदुरो सकुशल रहेको बताएका छन् । भेनेजुयलाका सञ्चारमन्त्री जर्ज रोडि्रग्जसले यसलाई राष्ट्रपतिको हत्याको कोशिस भनेको बीबीसीले लेखेको छ ।

ड्रोन हमलामा कसको संलग्नता छ भन्ने खुलेको छैन

Leave a Reply

Your email address will not be published.