माङसेबुङका १२ परिवारलाई सोलार

Mukya Samachar Special News Trending सूचना प्रविधि

माङसेबुङ: इलामको दक्षिण पश्चिम माङसेबुङ गाउँपालिका २ का बासिन्दालाई सोलार बत्तिको सेट प्रदान गरिएको छ । माङसेबुङ वडा नम्बर २ को सुम्साजुङ टोलको १२ घरपरिवारलाई ५० वाटको सोलार बितरण गरिएको हो ।

केन्द्रिय विद्युत प्रशारण लाइन नपुगेको देउमाई खोला किनारमा बसोबास गर्ने विपन्न घरपरिवारलाई छनौट गरि सोलार बत्तिको सेट प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुबेदीले बताउनुभयो ।

माङसेबुङ गाउँपालिकाको उर्जा बिकास उपसमितिले आयोजना गरिएको एक कार्यक्रममा गाउपालिका अध्यक्ष डिकेन्द्र ईदिङगोले विपन्न परिवारलाई सोलार हस्तान्तरण गर्नुभएको थियो । स्थानीय तहको चुनाव अघि केन्द्रिय प्रशारण लाइन नपुगेको माङसेबुङ गाउँपालिकालाई विद्युतिकरण गर्न गाउँपालिका र नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले सहकार्यमा काम गरिरहेका छन् । १२ परिवार मध्ये आइतबार ७ परिवारलाई सोलार बत्तिको सेट हस्तान्तरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.