स्वर्ण पदक बिजेता जुनि राई देउमाई नगरपालिकामा सम्मानीत

Breaking News Special News Trending खेलकुद समाचार समाज

फिक्कल : उसु खेलाडी जुनि राईलाई देउमाई नगरपालिकाले नगद ३० हजार रुपैया सहित शुक्रबार सम्मान गरेको छ । १३ औं सागमा नेपाललाई उसु तर्फ स्वर्ण पदक दिलाउन सफल देउमाई नगरपालिका ३ निवासी उसु खेलाडी राईलाई सम्मान गरेको हो । सम्मान पत्र सहित नगरले राईलाई तीस हजार रुपैया समेत प्रदान गरेको छ । कार्यक्रममा कास्य पदक बिजेता सदिस प्रधानलाई समेत सम्मान गरिएको थियो ।
नगरपालिकामा नगर प्रमुख सूर्य प्रसाद पोखरेलको अध्यक्षता तथा प्रदेश सांसद राम रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमममा , नगर कार्यपालिका सदस्य, सामुदायीक बिद्यालयका प्रधानाध्यापक लगायत सरोकार राख्ने ब्यक्तिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सांसद रानाले १३ औं सागमा स्र्वण पदक बिजेता राईले देउमाई नगरको मात्र नभएर देशकै नाम उच्च राख्न सफल भएको बताउनु भयो । सांसद रानाले सामान्य परिवारकी जुनुले आफनै संर्घषले खेल क्षेत्रमा फड्को मान सफल भएको बताउनु भयो ।
यस्तै कार्यक्रममा नगर प्रमुख पोखरेलले स्थानीय प्रतिभाको उजागर गर्न नगर तल्लीन रहेको बताउनु भयो । उहाले नगरले खेल क्षेत्रलाई प्राथमिक्तामा राखेर काम गरिरहेको जानकारी दिनु भयो । कार्यक्रमममा नगर उप प्रमुख पविमाया राई , वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बास्तोला लगायतले पदक बिजेता जुनुलाई शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published.