इलामको माई नगरपालिकामा पहिलो कोरोना पोजेटिभ

Breaking News Hot News Mukya Samachar Special News Trending

इलामको माई नगरपालिकामा पहिलो कोरोना पोजेटिभ भेटिएको छ । भारतको गुजरातबाट आएका माई–३,बरपानीका २५ बर्षिय युवामा कोरोना पुष्टी भएको स्वास्थ्य प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । गत असार ४ गते भारतको गुजरातबाट आएका उनको असार ९ गते पिसिआर परिक्षण गरिएको थियो । गरुवा बहुमुखि क्याम्पस माईमा रहेका १४ जना र फ्रन्ट लाईनका २४ जना गरी ३८ जनाको पिसिआर परिक्षण गरिएकोमा ३७ जनाको नेगेटिभ आएको थियो भने एक जनाको पोजेटिभ रिर्पोट आएको छ ।

पोजेटिभ रिर्पोट आएका युवालाई आजै गोठगाँउमा रहको पुर्वाञ्चल विश्वविद्यालयको कोरोना अस्पताल लगिएको प्रशासकिय अधिकृत नविन पौडेलले जानकारी दिए ।  यसै बिच उनी संगै गुजरातबाट आएका माई १० का २६ बर्षिय पुरुषलाई पनि पिसिआर नेगेटिभ आए पनि थप परिक्षणका लागि क्वान्टाइनमा नै राखिएको छ । माईमा भेटिएसंगै इलामका ३ स्थानीय तहमा कोरोना पोजेटिभ भेटिएको हो ।

यसअघि सूर्योदय नगरपालिकामा ६ जना र इलाम नगरपालिकाका १ जनामा कोरोनाको संक्रमण भेटिएको छ । उनीहरु मध्ये २ जना उपचार पछि घर फर्किएका छन् । अन्य ५ जना शनिबार पोजेटिभ भेटिएपछि उपचारमा छन् ।

Leave a Reply

Your email address will not be published.