पैचोका उत्पादन प्रदेश १ मा पनि, पैचो उत्पादन प्रयोग गर्दा स्वदेशी किसानको आर्थिक विकास हुने दाबी

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ प्रमोसन बिजनेस

झापा : लामो समयदेखि शहरमा बसोबास गर्दै आए पनि गाँउबस्तीको परिकार र स्वादलाई भुल्न नसकेका उपभोक्तालाई लक्षित गर्दै पैचो पसल प्रालीले खाद्य उत्पादनहरु गर्दैआएको छ ।

गाउँघरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका प्रशोधित कषिजन्य उत्पादनहरुलाई पैचो पसलले प्रदेश १ मा बजारीकरण सुरु गरेको छ । यसअघि, पैचोले ६ वटा प्रदेशमा सफल बजारीकरण गरिससकेको छ ।

‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल मन्त्र लिँदै गुल्मी जिल्लाको बलेटक्सार गाउँबाट सुरु गरिएको पैचो पसल प्राली आफ्नो खाद्य उत्पादनसहित प्रदेश नम्बर १ मा प्रवेश गरेको हो । एउटा फरक प्रयोगको रुपमा स्थापित पैचो पसलले परम्परामा सीमित भैसकेको वस्तु विनिमय प्रथालाई आधार मान्दै पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई पैचोले बजारसम्म पुर्याइरहेको छ । कृषकका उत्पादनलाई आफ्नै अत्याधुनिक कारखानामा ग्रेडिङ, प्रशोधन र प्याकेजिङ गरेर ‘पैचो प्रोडक्ट’सहित पैचो प्रदेश १ मा प्रवेश गरेको हो । पैचोको स्थापनाबाट यतिबेला पश्चिम नेपालका गुल्मी , पाल्पा , अर्घाखांची सहित स्याङ्जा, पर्वत, बागलुङ, रोल्पा, सल्यान, प्युठान, रुकुम, कालिकोट, जुम्लाका हजारौं किसान लाभाविन्त भएका छन् ।

सिधै किसानसँग जोडिएर कृषिमा आधारित उद्योग संचालन गरिएको नेपालको पहिलो उद्योग भएको पैचोले दाबी गरेको छ । बजारमा गुणस्तरहीन र अखाद्य वस्तुको बाहुल्यता भैरहेका बेला पैचोले पहाड र उच्चपहाडका किसानले उत्पादन गरेका अर्गानिक स्वस्थ्यकर कृषि उपजहरूलाई प्राथमिकताका साथ बजारीकरण गर्ने तथा गुणस्तर परीक्षण गरी उपभोक्तालाई खाद्य वस्तु उपलब्ध गराउने काम गर्दै आएको छ ।

उपयुक्त बजारको अभावमा खेर गैरहेका गाँउका उत्पादनहरूलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उद्देश्यका साथ खोलिएको पैचो पसलले गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादन गर्दै आएको छ ।

स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दैआएको पैचो पसलले यतिबेला अत्याधुनिक प्रशोधन कारखानामार्फत ३ दर्जन बढी प्रकारका खाद्य वस्तु सहित नेपालका सबै उपभोक्तासम्म पुगेको छ ।

पैचोको बजारमा एघार प्रकारका पैचो अचार, पैचो होल क्यान कर्न, पैचो आटो, पैचो कोदोको पिठो, पैचो टोमेटो केचअप , पैचो जाम , हट एण्ड स्विट सस् , मेक्सीकन सस् ,टोमेटो प्युरी, परम्परामा सीमित सिन्की मस्यौरा, मह, चुक जस्ता उत्पादनहरु उपलब्ध छन् । जुम्लाका सिमी, पहाडी जिल्लाका मकैको आटो -च्याँख्ला_, ईलामे जातको अकबरे खुर्सानीको अचार जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा उपलब्ध छ ।

होल कर्न कर्नल नेपालकै पहिलो उत्पादन हो भने मस्यौरा, सिन्की पैचोले पहिलो पटक व्यवसायिक उत्पादन गरेको छ । पैचोको उत्पादनको प्रयोगले स्वदेशी स्वाद सहित नेपालकै किसानहरुसम्म उपभोक्ताको योगदान पुग्ने पैचोका प्रदेश १ बजार प्रबन्धक सुर्य न्यैपानेले बताए । “उपभोक्ताले पैचोको अचार, केचअप वा कुनै पनि उत्पादन खाँदा नेपालकै किसानको बारीको कृषि उत्पादनको खपत हुन्छ र उनीहरुको जिविका चल्छ” उनले भने । पैचोले आफ्नो उत्पादनहरुमा २००० फिट माथिको अल्टिच्यूड लेभलको पहाड र उच्च पहाडी भूभागका कच्चा पदार्थ मात्र प्रयोग गर्ने गरेको छ ।

पहाडी क्षेत्र र उच्च पहाडी क्षेत्रमा उत्पादन कम हुन्छ भन्ने भ्रमलाई पैचोसँग जोडिएका किसानले तोडिदिएका छन् । पहाडमा उत्पादन हुने तर त्यसै खेरगैरहेका खाद्य वस्तुहरु नै पैचोले कच्चा पदार्थका रुपमा उपयोग गर्ने गर्दछ । पैचोका उत्पादनहरु अन्तराष्ट्रिय गुणस्तरको रहेको र पैचोका उत्पादनलाई छिट्टै अन्तराष्ट्रिय बजारमा पु¥याउने तयारी गरिएको पैचोका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले जानकारी दिए । पैचोका उत्पादनले गत वर्ष चीनको संघाईमा भएको अन्तराष्ट्रिय मेलामा उस्थिति जनाएको थियो ।

बेरोजगारीका कारण हरेक बर्ष लाखौंको संख्यामा विदेशीएका युवालाई स्वरोजगार प्रदान गर्दै विदेशीने बाध्यताबाट रोक्न पैचो सफल भएको छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएर देश फर्केका लाखौं युवाहरु यतिबेला कामको खोजीमा लागेका छन् ।

उनीहरुलाई दक्षता अनुसार कृषि उत्पादनमा जोड्न सके नेपालको कृषि उत्पादनले आत्म निर्भरताको बाटो लिन सक्ने पैचोको ठहर छ । नेपाललाई नारामा कृषि प्रधान देश भनिए पनि उपयुक्त कृषि नीति बन्न नसक्दा वर्षभरी मेहनत गर्ने किसानले प्रतिफल पाउन सकेका छैनन् ।

आयातित कच्चापदार्थमा निर्भर रहेका कृषिसँग सम्बन्धित आम उद्योगहरु भन्दा फरक छ । यसले कुनै पनि कच्चा पदार्थ विदेशबाट आयात गर्दैन । पहाडी र उच्च पहाडी क्षेत्रमा किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादन नै पैचाको कच्चा पदार्थ हो । अन्य प्रदेशहरुमा जस्तै सुदुर पूर्वका उपभोक्ताहरुले पनि पैचोका उत्पादनहरु प्रयोग गर्ने कुरामा पैचोले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published.