माईजोगमाईका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा


फिक्कल: इलामको माईजोगमाई गाउँपालिकामा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । माईजोगमाई गाउँपालिकाको आयोजनामा र प्रत्येक वडाको जेष्ठ नागरिक समुहको सहयोगमा जेष्ठ नागरिकहरुलाई न्यायो कपडा वितरण गरिएको हो ।
माईजोगमाई गाउँपालिकाको ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई कपडा वितरण गाउँपालिका अध्यक्ष जित बहादूर राईले जानकारी दिनु भयो । बुधबारबाट सुरुभएको कार्यक्रम ६ वटै वडामा नियमित संचालन हुनेछ । न्यानो कपडा वितरण ३ र ४ नंम्बर वडामा गरिएको छ ।
जाडो महिना सुरु भए सगै जेष्ठ नागरिकहरुलाई चिसोबाट थोरै भए पनि जोगाउन यस्तो कार्यक्रम ल्याइएको माईजोगमाई गाउपालिका प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले बताउनु भयो । चिसो धेरै बडेको अवस्थामा बृद्ध अवस्थामा पुगेका बा आमाहरुलाई गाउपालिकाकै कार्यक्रम अंतरगत न्यायो कपडा वितरण गरेर थोरै भएपनी चिसोबाट बचाउन मद्दत पुग्ने रेग्मीले बताउनु भयो ।
प्रत्येक वडाबाट ६० बर्ष माथिका १५ जना महिला र १५ जना पुरुष गरेर ६ वटा वडाबाट जम्मा १ सय ८० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने माईजोगमाई गाउपलिकाको योजना छ । ३ र ४ नं वडामा गाउपालिका अध्यक्ष जित बहादुर राई वडाका वडाध्यक्ष जनप्रतिनिधिहरुले जेष्ठनागरिकहरुलाई कपडा वितरण गरेका हुन । गाउँपालिकाले सधै चिसो मौसममा जेष्ठनागरिक लक्षित कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *