गायिका अन्जु पन्तले इलामका थीर कोइराला संग गरिन् बिहे

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ मनोरञन

गायिका अन्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन्। उनले इलामका थीर कोइरालासँग बुधबार विवाह गरेकी हुन्।बुधबार दिउँसो पाटन चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थीर कोइरालाले जानकारी दिए।

उनले भने, तीन वर्षभन्दा लामो निकटता थियो। पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं। अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं।उनले दुबै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए।गायिका अन्जुले थीरसँग आफ्नो तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, धेरै माया। एक अर्कासँग निकट अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।

गायिका पन्तले भनेकी थिइन्, ुबिहेपछि नयाँ अध्याय सुरू हुनेछ।थीरले भने, नयाँ अध्याय सुरू भयो। हामी अत्यन्तै खुसी छौं। थीरले ठूलो भोज आयोजना नगरिए पनि केही आफन्तमाझ चाँडै बिहेको सेलिब्रेसनु गर्ने बताएका छन्। उनले भने, त्यसबाहेक केही अनाथालयका मान्छेहरुलाई सहयोग गरी हाम्रो बिहेको खुसी साट्ने छौं।

थीर र अन्जुको पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे। सोही कार्यक्रममा अन्जु अतिथि बनेर आउँदा अञ्जु र थीरबीच परिचय भएको थियो। सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published.