इलामको थुम्के-सन्दकपुर क्षेत्रमा हिमपात (फोटो फिचर)

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ मनोरञन

फिक्कल: इलामको सन्दकपुर लगायतका उच्च क्षेत्रमा हिमपात भएको छ । सन्दकपुर, जौवारी, मेघमा, तुम्लिङ लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको हो । बिहीबार साझ देखि जिल्लाका पर्यटकीय क्षेत्रमा हिमपात भएको छ । ती क्षेत्रमा यस बर्ष दोस्रो पटक हिमपात भएको हो । बाक्लो हिमपात भएपछि उच्च क्षेत्रको जनजिवन कष्टकर भएको छ । बर्षा संगै हिमपात र असिना परेपछि जिल्लामा चिसो निक्कै बढेको छ ।
जैबारी लगायतका क्षेत्रमा हिउँ खेल्नेआन्तरिक पर्यटक बढेको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले जानकारी दिनु भयो । इलामको पर्यटकीय स्थल कन्याम समेत असिनाले सेताम्मे भएको छ । बर्षौ पछि कन्याममा असिना परेको स्थानीयले जानकारी दिएका छ । आज पनि सन्दकपुर लगायतका क्षेत्रमा हिउ पर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *