१८ देशमा कोरोनाको संक्रमण फैलिएपछि विश्‍वव्यापी संकटकाल घोषणा

Breaking News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय समाचार समाज स्वास्थ्य/शिक्षा

बेइजिङ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणका कारण ‘विश्वव्यापी संकटकाल’ घोषणा गरेको छ ।चीनपछि १८ देशमा यो संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गरेको हो ।

चीनमा मात्रै शुक्रबारसम्म कोरोना भाइरसबाट २ सय १३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कमजोर मुलुकमा यो संक्रमण अझै फैलिनसक्ने सम्भावना छ ।साथै यसको नियन्त्रणमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

छोटो अवधिमै कोरोना भाइरसको संक्रमण ९ हजार मानिसमा फैलिसकेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । साथै एक लाख २ हजार मानिस प्रत्यक्ष स्वास्थ्य निगरानीमा छन् ।जुन घटनालाई स्वास्थ्यकर्मीले विश्वव्यापी संकटको रुपमा लिएका छन् ।

यद्यपि यसको रोकथामका लागि चीनले अनेक उपाय गर्दैआएको छ । खोप निर्माणका लागि स्वास्थ्यकर्मी रातदिन जुटेका छन् भने अस्पताल निर्माण भइरहेको छ । अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published.