इलामको सूर्योदयमा ६५ घर कांग्रेसमा प्रवेश

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

नेपाली कांग्रेस सूर्योदयमा नगरपालिका वडा नम्बर ६ मा पार्टी कार्यालय उद्घाटन र पाटी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा ६५ घर बढी कांग्रेसमा प्रबेश गरेका छन। उनिहरु बिभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन। नवप्रवेशीहरुलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा बझाङका सांसद प्रकाश रसाइलीले भब्य स्वागत गरेका छन।
नव प्रवेशी हरुलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यले प्रजातन्त्र र बिकासको पहरेदार कांग्रेस मात्र भएको भन्दै उनले नेपाली जनताले दिएको दुई तिहाइ मतको समेत बेवास्ता गर्ने पाटीलाई अब नेपाली जनताले चिन्नु पर्ने दिन आएको बताए। उनले कांग्रेस पार्टि मात्र नेपाली जनताको अधिकार र स्वतन्त्रताको रक्षा गर्ने भएकोले सम्पूर्ण जनताले यहि पाटी रोज्नुको बिकल्प समेत रहेको बताए । फरक प्रसंगमा केन्द्रीय सदस्य रसाइलीले २७ बर्ष यस क्षेत्रबाट बिजयी भइ देशको उच्च आहोदामा बस्ने कम्युनिष्ट नेतृत्वले जनताको लागी केहि गर्न नसकेको शिक्षा स्वास्थ्य रोजगार र सडकको बिकाशमा ध्यान नपुर्याएको हुँदाम आगामी दिनमा यस्तो जनतालाई ढाँटने नेतृत्वबाट जनता सजग हुनु पर्ने बताए।
वडा सभापति डुकराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांगे्रस केन्द्रीय सदस्य प्रकाश रसाइली, जिल्ला उपसभापति खगेन्द्र देवान,सचिव पूर्ण गौतम, महासमिति सदस्य प्रेमलाल चाम्लिङ्ग,देबि कट्टेल ,महाधिवेन प्रतिनिधि देब्रेन्द्र राई,उद्दव पौडेल ,हरि प्रसाद लुइँटेल ,किसोर राई, जिल्ला सदस्य दुर्गा बराल , भीष्म प्रधान ,दिपक तिर्खत्री नगरकार्यसमिति सभापति जीवन नेपाल , प्रदेश ख का सभापति निष्कल राई, लगायतको नेता तथा कार्यकताको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *