इलामका एम्बुलेन्स चालक सम्मानित

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम : नेपाल निजामती कर्मचारी युनियन संघ इलामले जिल्लाका एम्बुलेन्स चालकहरुलाई शुक्रबार ०स्वास्थ सामाग्री वितरण सहित सम्मान गरेको छ । संघको स्थापना दिवसको अवसर पारेर जिल्लाका विभिन्न संघसस्थाका नौ जना एम्बुलेन्स चालकहरूलाई एक कार्यक्रमका बिच स्वास्थ सामाग्री हस्तान्तरण सहित सम्मान गरेको हो । सम्मानित हुने चालकहरुमा तारा पोख्रेल ,सन्मान तामाङ ,बालचन्द्र गौतम,राजन कार्की , फडिन्द्र सापकोटा , मोहन राई , अनिल देवान र धन ब मगर रहेका छन ।

शुक्रबार सदरमुकाम इलाम बजारमा आयोजित कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष ईश्वर सुवेदीले विषम परिस्थितिमा अग्रभागमा रहेर काम गरिरहेका चालकहरुलाई स्वास्थ सामाग्री बितरण गरिएको बताए । यस्तै चालकहरुको तर्फ बाट बोल्दै तारा पोख्रेलले आफुहरुले संक्रमण भएका बिरामीहरु बोकेर जानू पर्दा होटलहरुमा एम्बुलेन्स चालक भन्ने बितिक्कै खाने बस्ने ठाउँ नपाईने समस्या भोग्नु परेको गुनासो गरेका थिए ।

नेपाली काँग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर्मचारी युनियन संघका पदाधिकारीहरु, काँग्रेस नेता भेसराज आचार्य , जिल्ला सचीव खगेन्द्र देवान , इलाम नपा ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ ,विभिन्न कर्यालयका कर्मचारी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.