कोरोना संक्रमणबाट सूर्योदयका एक ब्यक्तिको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १

फिक्कल: इलामको सूर्योदय नगरपालिका ९ का ५५ बर्षीय एक ब्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सूर्योदय ९ मा बसोबास गर्ने टाँसी वामु यल्मुको उपचारको क्रममा बिराटनगरको बिराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनलाई स्वास्थ्यमा समस्या भए पछि फिक्कलमा सामान्य उपचार पछि बिराटनगर लगिएको थियो । बिराट मेडीकल कलेजमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आए पछि उक्त अस्पतालमा उपचार भैरहेको थियो ।
उपचारकै क्रममा आईतबार नै उनको मृत्यु भएको सूर्योदयन गरपालिकाका कोभिड फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिनु भयो ।
अधिकारीका अनुसार उनको कन्ट्रयाक ट्रेसिङमा परेका २१ ज्नाको स्वाब स.कलन गरी परीक्षण गरिएको छ ।
यल्मुमा स्वास्य सम्बन्धी अन्य समस्या पनि बिगत देखि नै रहेको बुझिएको छ । जनस्वास्थ्य निरीक्षक अधिकारीले अवस्था हेरी परिवारका सदस्यलाई आईसोलोसनमा राखिने एबीसी अनलाईनलाई जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.