इलाम नगरपालिका ३ र ४ को कार्यालय भवन उद्धघाटन

Mukya Samachar Special News Trending प्रदेश नं. १ समाज

इलाम : इलाम नगरपालिका वडा नम्बर ३ र ४ को वडा कार्यालय भवनको बिहिबार उद्घाटन गरिएको छ ।
भवनको नगर प्रमुख महेश बस्नेतले उद्धघाटन गर्दै सुविधा सम्पन्न कार्यालयले जनताका काम गर्न थप सहज हुने बताउनु भयो । वडा नं ३ को ३० लाख १४ हजार रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो । वडा नं ४ को भवन निर्माणका लागी ३४ लाख ८ हजार रुपैया लागेको छ । वडा कार्यालय निर्माणका लागी जग्गा दिने दाताहरुलाई नगर प्रमुख बस्नेतले सम्मान गर्नु भएको वडा नम्बर ४ का अध्यक्ष नुतनदेव दुलालले बताउनु भयो । कार्यक्रममा नगर उप प्रमुख शुसिला नेम्वाङ , प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई , जनप्रतिनिधि र स्थानीयको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.