इसाई समाज द्धारा शुभकामना कार्यक्रममै प्रहरी चौकी फिक्कललाई ३२ इन्चको एलइडी हस्तान्तरण

Mukya Samachar Special News Trending

फिक्कल: येशु ख्रिस्टको पुनरुत्थान उत्सव तथा नव वर्ष २०७६ को शुभकामना आदनप्रदान कार्यक्रम सूर्योदय नगरपालिकाको फिक्कलमा सम्पन्न भएको छ ।
कार्यक्रममा फादर तथा नगर इसाई समाज, सूर्योदय नगरपालिका विशेष सल्लाहकार दीप नरसिंह राईले संस्थाको तथा कार्यक्रमको औचित्यबारे प्रकास पार्नु भएको थियो । उक्त कार्यक्रममा अपराध न्युनीकरणका लागि सहयोग पुरयाउने उदेश्यले नगर इसाई समाजले प्रहरी चौकी फिक्कललाई ३२ ईन्चको एलइडी टी.भी. हस्तान्तरण गरेको छ ।
कार्यक्रममा प्रमुख आतिथि दुर्गादेवी भट्टराईले नगर इसाई समाजको यस कार्यको प्रशंसा गर्दै अझ सामाजिक कार्य गर्न शुभकामना दिनुभयो ।
ट्राफिक इन्चार्ज प्रहरी सहायक निरीक्षक दुर्गा बस्नेतले येशु ख्रिस्टको पुनरुत्थान उत्सव तथा नव वर्ष २०७६ को शुभकामना दिदै धन्यवाद दिनुभयो । विशेष आतिथि १० नंम्बर वडाअध्यक्ष पेमा उगेन लामाले शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको समापन गर्दै नगर इसाई समाज, सूर्योदय नगरपालिकाका अध्यक्ष राजेन्द्र सिवाले राम्रो कामको मौकाको संयोजन गरिदिएकोमा सूर्योदय होटल व्यवसायी संघका सचिव युवराज प्रधानप्रति आभार प्रकट गर्नु भयो ।
नगर इसाई समाज सूर्योदय नगरपालिकाको आयोजनामा समाजका अध्यक्ष राजेन्द्र सिवाको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड नम्बर १२ का अध्यक्ष डेलेन्द्र भारद्वाज, कार्यपालिका सदस्य सावित्रा सिवा, वडा सदस्य कलिका राई लगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.