इलामका पत्रकार विजयशेखरलाई राम प्रसाद दुलाल स्मृति पत्रकारीता पुरस्कार प्रदान

Breaking News Hot News Mukya Samachar Special News Trending ज्ञानविज्ञान प्रदेश नं. १ सूचना प्रविधि

इलाम : प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व राम प्रसाद दुलालको स्मृतिमा स्थापित राम प्रसाद दुलाल स्मृति पत्रकारीता पुरस्कार इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ । नेपाल प्रेस युनियन इलामले आयोजना गरेको एक कार्यक्रममा शनिबार महासविच अजयबाबु शिवाकोटीले पुरस्कार प्रदान गरे ।

पत्रकारीताको माध्यमबाट जिल्लाको कृषि, पर्यटन र शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएकोमा पुरस्कार प्रदान गरीएको कार्यक्रममा जानकारी दिइएको छ । प्रत्येक वर्ष जिल्ला र जिल्ला बाहिरका पत्रकारलाई प्रदान गरिने पुरस्कारको रासी २० हजार रहेको छ ।

विगत २८ वर्षदेखि पत्रकारीता क्षेत्रमा आवद्ध भट्टराई हाल नेपाल टेलिभिजनका जिल्ला सम्बाददाता हुन। पुरस्कार वितरण कायक्रममा महासविच शिबाकोटी केन्द्रिय सदस्य माधव चौलागाई, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराई पत्रकार सोमनाथ सुसेली , नेपाल शिक्षक युनियनका प्रदेश अध्यक्ष पुर्ण प्रसाद गौतम समाजसेवी हरि प्रसाद खनाल, स्वर्गीय दुलालका परिवारका सदस्य जीवन दुलाल, प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का समेतले जिल्लाको राजनैतिक र साँस्कृतिक क्षेत्रमा स्वर्गीय राम प्रसाद दुलालको योगदानको चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *