इलामको रोङमा मिनि कर्वडहल निर्माणःखेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रदेश नं. १ मनोरञन

गोबिन्द पौडेल: इलामको रोङ गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल हासपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वर भूमी मानिने कुटीडाँडा नजिकै रोङ गाउँपालिकाको २५ लाख संषद बिकास कोष इलाम क्षेत्र नं १ को ३० लाख र प्रदेश नं १ सरकारको ८ लाख गरी ६३ लाख रुपियाँको लागतमा कर्वडहल निर्माण भएको हो ।
कर्वडहल निमार्ण भएपछि खेल प्रेमीहरुका लागि उत्साह मात्रै थपेको छैन अन्तराष्ट्रिय स्तरको मापदण्डमा स्थानीय स्थरमा नै खेलको प्रशिक्षण गर्न र गराउन सकिने भएपछि खेलको स्तरबृद्धिमा सहयो पुग्ने अपेक्षा समेत गरिएको छ ।
कर्वडहलमा मार्सलआर्ट ,ब्याडमिन्टन ,टेवलटेनिस लगायतका खेलको प्रशिक्षण हुन सक्ने छ । उक्त कर्वडहलमा शौचालय र चेन्जिङ रुमको समेत निमाण गरिएको रोङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मात्रिका बरालले जानकारी दिनु भयो ।
रोङ खेलकुदको लागि उर्वर भूमी भएका कारण आफ्नो ठाउँमा सुबिधा सम्पन्न प्रशिक्षण स्थल बनाउने लामो प्रयास पछि पूरा भएको रोङ खेलकुद बिकास समितिका संयोजक बिर्ख सुुब्बा बताउनु भयो ।
२०४५ सालदेखी निरन्तर कराते खेलमा सक्रिय रहि अन्तराट्रिय रेफ्री समेत बन्नु भएका योगेस चाम्लिङ आफ्नो लामो योजना पुरा भएको बताउनु हुन्छ । ‘कर्वड हल त बन्यो तर थुुप्रै पूर्वाधारको खाचो छ’ चाम्लिङले भन्नु भयो ।
घेरावारा ,पार्क, खेल अभ्यासका आधुनिक सामग्री, खेल अभ्यास ऐना, म्याट लगायत सामग्रीको अभाव रहेको जनाईएको छ । चाम्लिङले उक्त कवर्डहलमा चाडै प्रथम अन्तराष्ट्रिय आमन्त्रित कराते प्रतियोगीता संचालन गर्ने योजना रहेको जानकारी दिनु भयो ।
कर्वड हलले खेल अभ्यास मात्रै नभई उक्त क्षेत्रको पर्यटन बिकासमा पनि सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । कर्वडहल बनेपछिपार्टी, सेमिनार, सभा र सम्मेलन गर्न पनि सहज हुँने भएको छ ।

Leave a Reply

Your email address will not be published.